Sorry, that menu does not exist.
 

आइसोलेसनमा रहेका गल्कोटका युवकको स्वास्थ्य स्थिती बिग्रिएपछी पोखरा रिफर !

सोम शर्मा, बागलुङ २०७७ जेठ २२ । गल्कोट नगरपालिका ११ रिघाबाट केही दिन अघि कोरोनाको आशंकामा धौलागिरि अस्पताल भर्ना गरिएका एक युवकलाइ स्वास्थ्य समस्या जटिल भएपछी पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ । उनको कलेजो र रगतमा समस्या देखिएकाले उनलाइ पोखरा रिफर गरिएको अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए।

निज २३ बर्षिय युवकलाइ जेठ २० गते गल्कोट नगरपालिका ११ रिघाको क्वारेन्टाइनमा बस्दै गर्दा उच्च ज्वरो आएपछी धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

6 Comments