बुर्तिवाङ २०७७ जेठ २३ । बागलुङ पश्चिममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रसुती सेवाको क्षेत्रमा राम्रो विश्वास आर्जन गरेको छ । प्रसुती सम्वन्धी जटिल केसहरु यस केन्द्रबाट समाधान (निदान)भएका छन् ।
पछिल्लो समय केन्द्रमा आएकी तमानखोला गाउपालिकाकी चार बच्चाकी आमा ४० वर्षिया महिलालाई सुत्केरी हुन गाह्रो भएकोले शल्यक्रियाव्दारा प्रसुती गराईएको छ । गर्भवती महिलामा रगतको कमी. लगायतको समस्या रहेकोले एबी पोवेटिव रगतको व्यवस्था मिलाई शल्यक्रिया व्दारा पसुती गराईएको शल्यक्रियामा संलग्न डा दिलिप कोजुले बताए ।
शल्यक्रियमा टिममा डा कोजुका साथ डा. लक्ष्मी अर्याल, हेअ केशव थापा, सिस्टरहरु शान्ति, पार्वती र पूर्णकली रहेका थिए ।
डा कोजुले गर्भवती महिलालाई लामो समय सम्म सुत्केरी व्यथा लागेको र महिलाको उमेर ४० वर्ष काटी सकेकोले पाठेघर कमजोर भएर बढी रगत बगेको र पाठेघर बढी च्यातिएकोले अपरेशनको क्रममा रगत दिएर सुत्केरी गराईएको बताए । अपरेशन पछी महिलाको रक्तश्राव रोकिएको र रक्तचाप र मुटुको धडकन राम्रो भएता पनि केहि जटिलता आउन सक्ने संभावना देखेर केन्द्र प्रमुख डा मिलन मल्ल ठकुरीसंगको समन्वयमा आईसीइयू सुविधा भएको पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरिएको बताए ।
्सोहि राति ८ बजेको समयमा सुत्केरीलाई एम्बुलेन्समा राखी पोखरा पुग्नु अघि सुत्केरीमा केहि समस्या आउछकि भनेर डा कोजु र हेल्थअसिस्टेन्ट केशव थापा साथै पोखरा गएको र बीच बाटोमा एक पटक प्रेशर कम भएकाले स्लाईन चढाईएको श्रोतले बतायो । डाक्टर स्वयं सुत्केरीका साथ एम्बुलेन्समा पोखरा सम्म पुगेर अस्पतालमा भर्ना गरी फर्कनुलाई यस क्षेत्रबासीले सकारात्मक रुपमा लिएका छन् ।
अहिले सुत्केरी आमा र बच्चा (छोरा)को अवस्था सामान्य रहेको छ ।
3 Comments