Sorry, that menu does not exist.
 

बागलुङ नगरपालिका र होटल ब्यबसायी संघको सहकार्यमा बजारका ७ होटलहरुमा क्वारेन्टाइन सन्चालन !

सोम शर्मा बागलुङ २०७७ जेठ २३ । बागलुङ नगरपालिका र होटल ब्यबसायी संघको सहकार्यमा बागलुङ बजारमा सुबिधा सम्पन्न क्वारेन्टाइन सन्चालन गरिने भएको छ। सरकारले ब्यबस्था गरेको क्वारेन्टाइन स्तरिय नभएको यस अबस्थामा यो पहल सकारात्मक रुपमा लिइएको छ । बागलुङ होटल ब्यबसायी संघका अध्यक्ष निलेश राजभण्डारीका अनुसार धेरैको सरकारी क्वारेन्टाइनमा बस्न असजिलो हुने र अव्यबस्थित हुने भएकाले बरु आंफै पैसा तिरेर भएपनी राम्रै ब्यबस्था भएको क्वारेन्टाइनमा बस्ने बिचार आएकाले यस किसिमको पहल गरिएको हो। यसमा ब्यक्ती स्वयंले पैसा तिर्नुपर्छ यस्को लागि दैनिक सिंगल बेडको १७५० र डबल बेडको १५०० तिर्नुपर्ने हुन्छ जसमा खाना खाजा र नास्ता र कोठा होटलले दिनेछ। राजभण्डारी भन्छन- ‘हामीले क्वारेन्टाइनमा बस्न आउने ब्यक्तिको स्वास्थ्य र सुरक्षालाइ विशेष ख्याल गरेर यो क्वारेन्टाइन स्थल बनाएका छौं, खाना सब प्याकिंगमै दिने हो र त्यस्पछी त्यस्लै डिस्पोज पनि गर्ने हो, । प्रत्यक पटक रुमलाइ पनि हामीले सेनिटराइज गर्ने छौं।’

उनका अनुसार, अहिले सुरुवातमा बजारका ७ होटललाइ यस किसिमको क्वारेन्टाइन बनाएका छौं पछि आबश्यकता अनुसार थप्दै जानेछौं। यसको सम्पुर्ण समन्वय भने बागलुङ नगरपालिकाले गर्ने उनको भनाइ छ ।

अध्यक्ष राजभण्डारी जुन सुकै स्थानिय निकायका ब्यक्तिलाइ पनि सेल्फ पे गरेमा यो सुबिधा उपलब्ध गराइने ईबागलुङलाई ।

यसै बिषयमा बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलसंग बुझ्दा बाहिरबाट आउने ब्यक्तिको संख्या बढ्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै कोहि सरकारी क्वारेन्टाइनभन्दा अलि सुबिधासम्पन्न क्वारेन्टाइनमा बस्न खोजेको खण्डमा सरकारको नियमानुसार नीजि तवरले आर्थिक हैसियतले धान्न सक्ने ब्यक्तिको लागि यो योजना अघी सारिएको उनको भनाइ थियो।

स्मरणीय के छ भने पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पनि स्थानीय होटेलहरुमा नै क्वारेन्टाईन गराई भारतबाट आएकाहरुलाई राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

10 Comments