Sorry, that menu does not exist.
 

गल्कोटमा क्वारेन्टाईन गरिएका ३५ जनाको रिपोर्ट नेगेटिव आएपछी बिदाई !

मित्रलाल खरेल, गल्कोट २०७७ जेठ २४ । भारतबाट घर फर्किएर विभिन्न गाउपालिकाका बिद्यालयहरुमा बनाईएको क्वारेन्टाईनमा बसेकाहरुको स्वाब परीक्षणको रिपोर्ट आएपछी उनिहरुलाई आआफ्नो घरमा पठाउने काम सुरु भएको छ ।

यसैक्रममा गल्कोट नगरपालिकाका क्वारेन्टाईनमा बसेका ३५ जनाको पीसीआर रिपोट नेगेटिव आएपछी जेठ २३ गते उनिहरुलाई बिदाई गरेर घरमा पठाईएको नगर उपप्रमुख रेणुका काउचाले ईबागलुलाई जानकरी दिईन् । उनिहरु सबैलाई आआफ्नो घरमा गएर १४ दिन होम क्वारेन्टाईनमा बस्न समेत सुझाव दिईएको उपप्रमुख काउचाले बताईन ।

भारतबाट गल्कोट आएर क्वारेन्टाईन गरिएकाहरु मध्य ३ जनाको रिपोर्ट पोजेटिव आएकोले उनिहरुको धौलागिरी अस्पताल, बागलुङमा उपचार भैरहेको छ ।

यसैवीच जेठ २३ गते निसीखोलाका २३, काठेखोलाका २३ र बडीगाड गाउपालिकाका ४६ जनाको PCR रिपोर्ट नेगेटिव आएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !