बागलुङ २०७७ जेठ २४ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी पोखराबाट भरखर प्रकाशित विज्ञप्ती अनुसार गण्डकी प्रदेशका स्यांजा, कास्की, नवलपरासी बर्दघाट र बागलुङ ४ जिल्लाहरुका १७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्यांजा जिल्लाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ उमेर समुहका ८ जना र हरिनास गाउपालिकका १८ र ४० उमेर समुहका २ जना गरी १० जना, बागलुङ जिल्ला ताराखोला गाउपालिकाका ३९ वर्षिय पुरुष १ जना, कास्की जिल्लाको रुपा गाउपालिकाका २३ र ३२ वर्ष उमेर समुहका २ जना र पोखरा महानगरपालिकका ५९ पुरुष १ जसनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउपालिकाका १८, १९, २७ उमेर समुहका ३ जनाको रिपोर्ट पोजेटिव आएको छ । यस संग गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
बागलुङ जिल्लामा आज संक्रमण पुष्टि भएका पुरुष सहित कोराना संक्रमितहरुको संख्या १९ पुगेको छ । यी मध्य २ जना महिलाहरु निको भएर घरमा फर्किएका छन् भने १६ जना संक्रमितहरु धौलागिरी अस्पतालमा उपचाररत रहेका छन् । ताराखोलाका संक्रमितलाई अस्पताल ल्याउने तयारी गरिएको छ ।
One Comment