थाहा छ मलाइ जीवनमा जीत र हार हुन्छ
दिनमा उज्यालो त रातमा अन्धकार हुन्छ!
मेरो हर गोरेटोको सहयात्री सम्झेको थिए
काल्पनिक सम्झनानै प्रायस बेकार हुन्छ।
थाहा भयो बितेका दिन र ती तिता मिठा
यादहरु समय आएसी नै उपहार हुन्छ ।
साघुंरो सोच,रिष,कुबिचारले हैन संघर्ष
अनि मिहेनतले हर सपना साकार हुन्छ!
ती सबै झुठो बाचा र बन्धन रहेछ तिम्रो
सम्झिदा अतितलाई मनको तार छुन्छ!
करन पर्तेल
तमानखोला गाउपालिका -२
बागलुङ ।