सोम शर्मा, बागलुङ २०७७ जेठ ३१ । धौलागिरी अस्पतालको आईसोलेशन वार्डमा २०७७ जेठ १४ गते भर्ना गरि चिकित्सकिय निगरानीमा रहेका कोरोेना संक्रमीत तमानखोला गाउँपालिकाका २१ बर्षका दुई जना पुरुष हरुको आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सरकारको कार्यबिधी अनुसार १४ दिनमा छोडिने भएपनी उनिहरुको परिक्षण नगरिकनै १७ दिनमा डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए।
एनिहरुसंगै संक्रमण पुष्टि भएका तमानखोला गाउपालिकाका २ जना र बडीगाड गाउपालिकाका २ जना गरी ४ जना यस अघिनै डिस्चार्ज भै घर गएका छन् । यी सँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ पुगेको छ ।