छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ ३१ । पश्चिम बागलुङमा भारतबाट आउने नेपालीको सँख्या बढ्दै गएको छ । जिल्लाको निसीखोला गाउँपालिकामा करिब एक महिनाको अबधिमा ६ सय बढी नागरिक भारतबाट गाउँपालिका आएका छन् । उनिहरु सबैलाई क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ । उनिहरु मध्य पीसीआर रिपोर्ट नेगेटिव आएका ७५ जनालाई घर पठाईएको छ भने पोजेटिव रिपोर्ट आएका केहिलाई बागलुङ र बुर्तिवाङ आईसोलशनमा राखिएको निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए ।
गाउँपालिकका विभिन्न बिद्यालयहरुमा निर्मित क्वारेन्टाईनमा बस्दै आएका ५ सय बढी गाउँलेहरुको समयमा पिसीआर परिक्षण नहुँदा २० दिन बढि क्वारेन्टाइनमा व्यवस्थापन गरिरहनु पर्दा पालिकामाथी आर्थिक एवं व्यवस्थापकीय भार पर्न गएको अध्यक्ष पौडेलले बताए ।
६ सय २० नागरिक गाउँपालिका आउँदै गर्दा जम्मा १ सय ४ जनाको मात्र पिसीआर परिक्षण भएकोमा ७५ जना घर फर्किएको र ६ जनाको रिर्पाट पोजेटिभ देखिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धवलागिरी अञ्चल अस्पत्तालको आइसोलेशनमा रहेका छन् । अन्यको ११ दिन वितिसक्दा समेत रिर्पाट आएको छैन । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्याल बागलुङका स्वास्थ्य कर्मिको टोलीद्धारा आरडिटी परिक्षण सुरु भएको छ । १४ दिन क्वारेन्टाईनमा बसेकाहरुलाई पहिलो चरणमा आरटिडी परिक्षण गरीने र रिर्पाट पोजेटिभ देखिएको खण्डमा तत्काल पिसीआर गरी पोखरा पठाउने गरी विहिबार देखि परिक्षण सुरु गरिएको छ।
निसीखोला गाउँपाकिलाका अधिकाँस विद्यालय क्वारेन्टाईनमा परिणत भएर पनि स्थानाभावका कारण कतिपय त त्रिपाल मुनी बस्दै आएका छन् । राज्यले समयमा कोरोना परिक्षण गर्न नसक्दा व्यवस्थापनमा समस्या भइरहेको र पछिल्लो समय जिल्ला जनस्वास्थ्य कर्याालय सँगै गाउँपालिकाले समेत आरटिटी किट र पिसीआर किट खरिद गरी कोरोना परिक्षणलाई तिव्रता दिइएको गाउँपालिका अध्यक्ष पौडेलेका भनाई छ । अध्यक्ष पौडेलले गाउँपालिकामा दैनिक जसो भारतबाट आउनेहरुको सँख्या बद्दोक्रममा रहेको छ र आजमात्रै २८ जना थपिएको जानकारी दिए ।
त्यसैगरी तमानखोला गाउँपालिकामा २४ जना नागरीक क्वारेन्टाईनमा बस्दै आएका छन् । उनिहरु मध्ये २३ जनाको पिसीआर परिक्षण भएको ११ दिन वितिसक्दा समेत रिर्पाट नआएका कारण लामोसमय देखि क्वारेन्टाईनमा राख्न बाध्य भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
ढोरपाटन नगरपालिकामा ३ सय २३ जना नागरीक क्वारेन्टाईनमा बस्दै आएका उनिहर मध्ये अधिकाँश तिन हप्ता सम्म क्वारेन्टाईनमा बस्दा समेत कोरोना परिक्षण हुन नसक्दा समस्या भएको मा केहिदिन यता ढोरपाटन नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वयमा सबै वडामा पिसीआर परिक्षण सुरु गरिएको ढोरपाटन नगरपालिका २ का अध्यक्ष युवराज महतले बताए ।