Sorry, that menu does not exist.
 

ताराखोला गाँउपालिकामा भिटिएम खरिद गरि स्वाब संकलन सुरु !

मन्दिप निउरे ताराखोला २०७७ जेठ, ३१ बागलुङको ताराखोला गाँउपालिकाले आफ्नै खर्चमा भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) किट खरिद गरि स्वाब संकलन कार्य सुरु गरेको छ । ताराखोला गाँउपालिकामा छिमेकी मुलुक भारतबाट आउनेको संङख्यामा वृद्धि भएसँगै कोरोना परिक्षणको दायरा बढाउनको लागि गाँउपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद गरि स्वाब संकलन कार्यलाई तिव्र पारिएको ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाँउपालिकाले क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलनमा ढिलाई नगरी तुरुन्त स्वाब संकलन गरि परिक्षणको दायरा बढाउनको लागि भिटिएम किट खरिद गरिएको घर्तिको भनाई छ ।
गाँउपालिकाले आफ्नै खर्चमा २ सय भिटिएम र २० सेट पिपिई खरिद गरि स्बाब संकलन कार्य सुरु गरेको ताराखोला गाँउपालिका स्वास्थ्य शाखा सह संयोजक दिपक खड्काले जानकारी दिए । गाँउपालिकाले यस अघि प्रदेश सरकारको पहलमा स्वाब संकलन कार्यमा ढिलाई भएको भन्दै डेढ लाख बराबरको भिटिएम र आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि तिव्र रुपमा स्वाब संकलन कार्य गरेको छ । ताराखोला गाँउपालिकामा अहिले सम्म भारतबाट १ सय जना फर्किसकेका छन् ।

फर्किएका मध्ये ७२ जनाको स्वाब संकलन गरि सकिएको र २८ जनाको स्वाब संकलन गर्न बाँकी रहेको ताराखोला गाँउपालिकाले जनाएको छ । स्वाब संकलन गरि परिक्षण गरिएका मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । भने कतिपयको स्वाबको रिर्पोट आइ नसकेको र ३१ जनाको पिसिआर परिक्षणमा रिर्पोट नेगेटिभ आएकोले होम क्वारेन्टाइनमा बस्नको लागि सल्लाह दिएको गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए।

गाँउपालिकामा विभिन्न वडामा रहेको११ वटा क्वारेन्टाइनमा भारतबाट आएका ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !