रामशरण पोखरेल, पर्वत २०७७ जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिए ।
पहिरोले पुरीएका ५८ बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा छोरी दिर्पा थापा, छोरा बिबेक थापा, सम्राट थापा, छोरी बिबिसा थापा यसैगरी कमला विक, उनकी छोरी प्रमिशा बिकको मृत्यु भएको कुस्मा नगरपालिका ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिए । पहिरोमा परि बेपत्ता भएका जेनिस बिकको खोजी कार्य जारी रहेको अध्यक्ष पाध्याको भनाई रहेको छ ।
शनिवार साँझ ६ बजे देखि भीषण पानी परेपछि राति ८ बजेतिर पहिरो आएको प्रत्यक्षदर्शीको भनाइ छ । पहिरोबाट ३ जनाको शव तत्काल फेला परेको र बाकी शव आज बिहान स्थानिय र सुरक्षाकर्मीको सहायतामा खोजी गर्नेक्रममा फेला पारेको हो । पहिरोमा परी दुईवटा भैँसी, एउटा गोरु २ दर्जन कुखुरा पुरिएर मरेका छन् ।
अचानक गाउँमा यस्तो दखर घटना घटेपछि गांउनै शोकमा डुबेको अध्यक्ष पाध्याले ईबागलुङलाई बताए ।
यसरी पहिरोमा परी मृत्यु भएकाको शव अस्पतालमा लैजान नपर्नेगरी दाहसंस्कारको व्यवस्था मिलाउन स्थानियले माग गरेका अध्यक्ष पाध्याले बताए ।
2 Comments