मन्दिप निउरे ताराखोला २०७७ जेठ ३२ । ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा परदेशमा रहेका, विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । विश्वव्यापिरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणवाट हुन गएको लक डाउनको कारण स्वदेश तथा विदेशमा समस्यामा परि गाउँपालिकामा फर्किने व्यक्तिहरुलाई गाउँपालिकाले क्वारेन्टाईनमा राखी उनीहरुको स्वाव संकलन गरी रिपोर्ट नेगेटिव आएपछि मात्र घर पठाउने व्यवस्था गरेको छ ।
यसरी क्वारेन्टाईनमा रहने व्यक्तिलाई खाने वस्ने तथा आधारभुत स्वास्थ्य सामग्री उपलव्ध गराउने तथा लकडाउनको कारण रोजगारी गुमाएका मजदुरलाई राहत वितरण गर्ने र भविष्यमा गाउँपालिकामा पर्न सक्ने विपद्को समयमा नागरी.िकलाई उद्धार राहत र पुनस्थापना गर्ने प्रयोजनको लागि विपद् व्यवस्थापन कोष खाता सञ्चालनमा ल्याईएको छ ।
उक्त विपद् व्यवस्थापन कोष खातामा प्रदेश सरकार र गाउँपालिकावाट रकम जम्मा गरिदै आईएको छ । विभिन्न समयमा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोगको लागि सामाजिक सञ्जाल मार्फत विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सहयोगको लागि अपिल गरीएको थियो ।
विपद् व्यवस्थापन कोषमा विभिन्न व्यक्ति तथा संस्थाहरुवाट सहयोग प्राप्त गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा जापानमा रहेका १ सय १ जना दाजुभाई दिदीवहिनीहरुले कोभिड १९ को कारण फैलिएको महामारी र यसवाट प्रभावित व्यक्तिहरुलाई राहत उपचार लगायत क्वारेन्टाईन व्यवस्थापन र आउदो दिनमा गाउँपालिकामा पर्ने विपद्को सामना गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।
ताराखोला समाज जापानले ताराखोला गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १३ लाख ११ हजार ५ सय सहयोग गरेको छ । उक्त रकम मध्य रु ९ लाख ६१ हजार गाउँपालिकाको कोष खातामा प्राप्त भैसकेको र वाकी रकम केहि दिनपछि गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने वताईएको ताराखोला गाउँपालिकाका सूचना अधिकारी प्रकाश गैरेले जानकारी दिए ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा गाउँपालिकाले आफ्नै श्रोतवाट जम्मा गरेको रकम वाहेक यति ठुलो सहयोग पहिलोपटक प्राप्त भएको गैरेको भनाई छ ।
हालसम्म ताराखोला गाउँपालिकाले सञ्चालन गरेको उक्त कोषमा ताराखोला गाउँपालिकाको वजेटवाट २१ लाख ६२ हजार ८ सय ९३, प्रदेश सरकारवाट ५ लाख, गाउँपालिकामा कार्यरत कर्मचारीको तर्फवाट १ लाख ६ सय ८१, प्रमुख प्रशासकिय अधिकृतको तर्फवाट ५ हजार ५ सय ५५, नेकपा ताराखोलाका अध्यक्ष पदम खत्री दिबश व्दारा आफ्नो वुवाको जन्मदिनको अवसरमा १५ हजार, सिवाईसी वचत तथा ऋण सहकारी विहुवाट २० हजार र सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था अक्षेते शाखाव्दारा १० हजार रकम प्रदान गरेको अधिकृत गैरेले बताए ।
सर्वसाधारण, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्धि हुने क्रम बढेको हो । ताराखोला गाउँपालिकाले सो कोषमा सहयोग गर्ने दाताको नाम नै सामाजिक सञ्जाल तथा वेबसाईडमार्फत सार्वजनिक गरेको छ । हालसम्म ताराखोला गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ३७ लाख ७५ हजार १ सय २९ रकम जम्मा भएको छ । कोषबाट अहिलेसम्म विपन्न तथा मजदुरको लागि राहत वितरणमा ४ लाख ८५ हजार १ सय २६ र भिटिएम पिपिई लगायतका स्वास्थ्य सामग्रीको खरिद क्वारेन्टाईन व्यवस्थापन लगायतमा ५ लाख गरी अहिलेसम्म १० लाख वरावर खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले बताए।
“कोषमा धेरै संघ÷संस्थाले उत्साहजकरूपमा सहयोग गरिरहेका छन्”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, स्थानीय सरकारसँग सर्वसाधारणको जुन विश्वास देखियो यो हामी मर्न दिन्नौं । सहयोग संकलन र राहत बितरणलाई बढि पारदर्शि र प्रभाबकारी बनाउन गाउँपालिकाले सामाजिक सञ्जाल मार्फत बिबरण प्रकाशन गरेको घर्तीको भनाई छ । ताराखोला गाउँपालिकाले सहयोगी संघसस्था ब्यक्ती सबैमा धन्यवाद ज्ञापन गदैं बिपतको सामाना गर्न ताराखोला बासी सबैले सहयोग गरि हातेमालो गर्न समेत आग्रह गर । त्यस्तै विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा परेको विपद् र विपद्मा परेका आफ्ना दाजुभाई दिदीवहिनीहरु प्रति देखाउनुभएको माया र सद्भाव एवम् सहयोगको लागि ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले धन्यवाद ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
One Comment