Sorry, that menu does not exist.
 

कुनै एक पालिकाको ‘आँखो देखा हाल…’ होईन यो, बागलुङका सबै क्वारेन्टाईनबासीको बास्तबिकता हो !

मित्रलाल खरेल, बागलुङ २०७७ असार १ । बागलुङ जिल्लामा भारत लगायत तेश्रो मुलकबाट घर फर्कनेहरुको संख्या २२ सय भन्दा बढी पुगेको छ र घरमा फर्कने सिलसिला अझै जारी छ ।

जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा सयौँ नागरिकहरु कष्टपूर्ण जीवन बिताएर बसिरहेका छन् । क्वारेन्टाईनमा १४ दिन बस्नै पर्ने र पीसीआर रिपोर्ट नेगेटिव आएमा घरमा जान दिईने, रिपोर्ट पोजेटिव आए अर्थात कोरोना संक्रमण पुष्टि भएका आईसोलेसन कक्षमा बसी उपचार गर्ने सरकारी निती छ । बिडम्वना क्वारेन्टाईनमा बसेको झण्डै चार हप्ता पुग्दा पनि धेरै जनाको स्वाब संकलन नै गरिएको छैन, पीसीआर रिपोर्टको कुरा छोडौँ । जजस्को स्वाब संकलन गरी परीक्षणको लागी पठाईएको छ त्यस्को रिपोर्ट पनि दुई हप्ता बित्दापनि आएको छैन । दुईचार दिनमा एक पटक पोखराबाट दुईचार जनाको रिपोर्ट सार्वजनिक हुने गरेको छ । प्रतिक्षाको पनि हद हुन्छ, कति दिन पर्खिबस्ने ? भनेर क्वारेन्टाईनबासी प्रश्न गरिरहेका छन् ।

पीसीआर परीक्षण नगरी घर जान नहुने, क्वारेन्टाईनमा भेँडाबाख्रा झै कोचिएर बस्नु पर्ने, पानी आउदा चुहिएर रुझिने, घामलाग्दा च्वात्च्वाती पोल्ने, कहिले कसको त कहिले कसको सहयोगका भरमा जीवन पाल्नु पर्ने क्या भूमरीमा परियो भन्दै कहराउदै छन क्वारेन्टाईनबासी ।

कुनै एक पालिकाको आँखो देखा हाल होईन यो, यो त जिल्लाका दश पालिकाहरुमा बसिरहेका सयौँ क्वारेन्टाईनबासीहरुको बास्तबिकता हो । उदाहरणको लागी यहाँ गल्कोट नगरपालिकाको हिँजो सम्मको अवस्थालाई प्रस्तुत गरिएको छ । नगरपालिकाकाले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिका वडागत रुपमा भएका क्वारेन्टाइनहरुमा रहेका १ सय ७३ जना रहेकोमा १ सय जनाको स्वाब संकलन नै गरिएको छैन, ७३ जनाको पीसीआर परीक्षणमा केहिमा कोरोना संक्रमण देखिएर आईसोलसनमा बसेका छन भने नेगेटिव रिपोर्ट आएकाहरुलाई घरमा पठाईएको छ ।

कुन गाउपालिका, कुन नगरपालिका, सबैको हालत यस्तै छ । प्रत्यक दिनको विहान ६/७ बज्योे कि आज त रिपोर्ट आउछ कि भनेर सामाजिक विकास मन्त्रालय, गण्डकी पोखराको विज्ञप्ती पर्खनु क्वारेन्टाईनबासीको दैनिकी बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments