Sorry, that menu does not exist.
 

आजको तस्वीर : क्वारेन्टाईनबासीलाई खाजा, मासुभूजा !

शव्द/चित्र :कमल पौडेल

खर्वाङ २०७७ असार १ । भारतबाट फर्किएर बागलुङ जिल्लाका विभिन्न बिद्यालयहरुका क्वारेन्टाईनमा बसिरहेका दाजुभाई दिदी बहिनीहरुलाई स्थानीयले राम्रै गरी सहयोग दिईरहेका छन् । स्थानीय पालिकाले कोष खडा गरेर क्वारेन्टाईनबासीहरुको खानपिनको व्यवस्थापन गरिरहेकै छ ।

यसैवीच विभिन्न क्वारेन्टाईनमा बसिरहेका दाजुभाई तथा दिदी बहिनीहरुलाई स्थानीय महिला समुहले बिहानको नास्ता र दिनको खाजाको व्यवस्था गर्ने गरेका समाचारहरु प्रकाशमा आएका छन् । स्वाभाविकरुपमा कोमल हृदयका धनी महिलाहरुबाट विभिन्न क्वारेन्टाईनमा बस्ने दाजुभाई तथा दिदीबहिनीहरुलाई नास्ता खाजा खुवाउदै आएका छन् ।

यसैक्रममा संगम आमासमुह बडीगाडले खर्वाङ स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालययको क्वारेन्टाईनमा गुजारा गरिरहेका ५२ जना र प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ६२ जनालाई मासु भूजा सहितको खाजा खुवाएका छन् । संगम आमासमुहकी अध्यक्ष मुमा काउचा र सचिव गीता पोखरेलको चाँजोपाँजोमा खाजा खुवाईएकोमा वडाध्यक्ष ढालप्रसाद शेरचनले धन्यवाद दिए ।

 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment