Sorry, that menu does not exist.
 

जैमिनीको बिजुवा मावि क्वारेन्टाईनमा बस्दै आएका एक जनाले रगत वाकेपछी पोखरा रिफर !

सोम शर्मा, बागलुङ २०७७ असार १ । जैमिनी नगरपालिका पैयु थन्थापमा रहेको विजुवा माबिको क्वारेन्टाईनमा बसिरहेका एक जना ४९ वर्षिय व्यक्तिको स्वास्थ्यमा अचानक समस्या आएर अर्धचेत अवस्मा गएराति साढे नौ बजेका समयमा धौलागिरी अस्पतालमा ल्याईएकोमा प्राथमिक उपचार पछी थप उपचारका निम्ति पोखरा गण्डकी अस्पताल रिफर गरिएको छ ।

अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले दिएको जानकारी अनुसार निजले लगातार रगत सहितको वान्ता गरिरहेकाले राति नै पोखरा रिफर गरिएको हो । उनको अस्पतालमा आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिव आएको थियो। ।

उनी ११ दिन पहिले भारतको पन्जाबबाट गाउ फर्किएका थिए । गत जेठ २६ गते उनको स्वाब संकलन गरी परीक्षणका लागी पोखरा पठाईएको भएतापनि आजसम्म रिपोर्ट नआएको नगरउपप्रमुख लिला रानाले ईबागलुङलाई जानकारी दिए । उपप्रमुख रानाका अनुसार उनी अल्सर (आन्द्रामा खटिरा) को रोगी हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !