Sorry, that menu does not exist.
 

सुनौली नाकाबाट बागलुङ आउदै गरेका नेपालीले चुवाको भीरबाट हाम फालेर ज्यान फाले !

सोम शर्मा, पर्वत २०७७ असार १ । भारतको सुनौली नाकाबाट घर फर्किदै गरेका बागलुङ नगरपालिका १३ का चन्द्रबहादुर नेपालीले बीच बाटोमै गाडीबाट हामफालेर ज्यान फालेका छन् । उनले पर्वतको चुवा नजिकै आईपुग्दा गाडी रोकेको अवस्थामा आज बिहान भीरबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक बुद्धि सुवेदीले ईबागलुङलाई बताए ।

सुनौली नाकाबाट उद्धार गरी क्वारेन्टिनमा राख्न बागलुङ आउदै गरेको लु २ ख ४२२० नम्बरको बसमा पर्वत, म्याग्दी र बागलुङ जिल्लाका यात्रुहरु आउदै गरेकोमा पर्वत डिमुवामा पर्वतका ७ जना यात्रुहरु झरेपछी म्याग्दीका २ जना र बागलुङका ८ जनालाई लिएर बागलुङ जाँदै गर्दा कुस्मा बजार नजिकै चुवामा बस रोकिएको बेला उनले भीरमा हामफालेको प्रत्यक्षदर्शीले बताए ।

‘मृतकलाइ हाम फाल्दा बित्तिकै प्रहरी र केही अन्य समुदाय मिलेर पर्वत अस्पतालमा ल्यायौं तर त्यहा उपचार सम्भव नभएपछी पोखराको गन्डकी अस्पतालमा रिफर गरिएकोमा अस्पतालले मृत घोषणा गरेको’ प्रबक्ता प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

17 Comments