Sorry, that menu does not exist.
 

निसीखोला-५ स्थित क्वारेन्टाईनमा एक महिलाले शिशुलाई जन्म दिईन, अरु तीन जना गर्भवती महिला क्वारेन्टाईनमै !

कुम्बिर विश्वकर्मा, निसीखोला २०७७ असार १ । चौध दिन देखि क्वारेन्टाईन बसिरहेकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् । बागलुङको निसीखोला गाउपालिका वडा नं ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईन कक्षमा रहेकी २१ बर्षिया रैमती विकले सोमबार शिशुलाई जन्म दिएका हुन् । दुई सन्तान छोरी जन्माई सकेकी बिकले तेश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको र सुत्केरीलाई थप सुरक्षाका लागी होम क्वारेन्टाईनमा पठाईएको निसीखोला गाउपालिकाका स्वास्थ्य संयोजक टोप बहादुर चन्दले जानकारी दिएका छन् । चन्दका अनुसार सुत्केरीलाई घरमै गएर स्वास्थ्य सुविधा सहित रेखदेख गरिने छ । उक्त स्थलमा अझै ३ जना महिला गर्भवती छन् उनिहरुको लागी पहिल्यै राम्रो पूर्वतयारी गरिएको संयोजक चन्दले बताए । उनका श्रीमान समेत क्वारेन्टाईनमा रहेका छन् ।

निसीखोला गाउपालिकाका ७ वटै वडा मध्ये सवै भन्दा धेरै संख्यामा क्वारेन्टाईनमा रहेका ५ वडामा २ वटा क्वारेन्टाईन स्थल बनाईएको छ, जसमध्ये ज्ञानेन्द्र माविमा ७४ र गल्गटा क्वारेनटाईन स्थलमा ८१ जनालाई राखिएको वडा पालिका अध्यक्ष हर्कमन घर्तीमगरले जानकारी दिए ।


ज्ञानेन्द्र माविमा रहेकाहरु १२ जनाको आरडिटी र ३६ जनाको पिसिआर परिक्षण पश्चात नेगेटिम रिपोर्ट आएपछि ४८ जना घर गएका छनभने बाँकी केहिको एक दुईदिन भित्रै पिसिआर रिपोर्ट आउने आशा गरिएको छ । १३ दिनदेखि गल्गटा क्वारेन्टाईनमा रहेकाहरुलाई भने मंगलबार अथवा बुधबार पीसीआर परिक्षण गरिने छ । निसीखोला गाउपालिका ५ का दुईवटै क्वारेन्टाईन स्थलमा रहेका उनिहरु अधिकांश छिमेकी राष्ट्र भारतको पञ्जावबाट आएको क्वारेन्टाईन ब्यवस्थापन समितीका संयोजक वडा नम्बर -५ का वडा अध्यक्ष हर्कमान घर्तीमगरले ईबागलुङलाई बताए । भारतको पन्जाबबाट आएका उनिहरुको गत जेठ २९ गतेमात्रै पिसीआर परिक्षण गरीएपनी हालसम्म रिर्पाट आएको छैन् । रिर्पाट नआएका कारण डेलीभरी गराउन सहयोग गर्ने दुईजना स्वास्थयकर्मीलाई समेत क्वारेन्टाईनमा बस्न आग्रह गरीएको छ ।

संयोजक घर्तीमगरले दिएको जानकारी अनुसार क्वारेनटाईनमा रहेका ब्यक्तिहरुविच सामाजिक दुरी,स्वास्थ्य सुविधा र खानपानको सुविधामा विशेष ख्याल गरिएको छ । नेगेटिभ रिपोट पश्चात घर फर्काइएकाहरुलाई पनि केहि समय सुरक्षित रहन सल्लाह समेत दिने गरिएको छ ।

यसैगरी ढोरपाटन नगरपालिकामा समेत दुई जना गर्भवती महिला लामोसमय देखि क्वारेन्टाईनमा रहेका छन् । भारतबाट आएका उनिहरुको १५ दिनपछि मात्रै पिसीआर गरीएको छ । उनिहरुको रिर्पाट पनि आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

9 Comments