मित्रलाल खरेल, गल्कोट २०७७ असार १ । आज गल्कोट नगरपालिकामा ७४ जनाको स्वाब संकलन गरी पीसीआरका लागी पठाईएको छ ।
गल्कोट नगरपालिकाका स्वास्थ्य संयोजक मीन राज गैरेले दिएको जानकारी अनुसार नगरपालिकाको वडा नं १ का १२, वडा नं २ का ३, वडा नं ४ का १५, वडा नं ६ का १, वडा नं ७ का ९, वडा नं ८ का ८ जना र वडा नं ९ का ६ जनाको स्वाब संकलन गरिएको हो ।