बागलुङ २०७७ असार २ । भारतबाट फर्किएर ताराखोला गाउपालिकाको क्वारेन्टाईनमा बसेका एक जना ३४ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै स्याँजाका ४, जना गोरखाका १० जना, नवलपरासी बर्दघाट सुस्तापूर्वका २ जना र कास्कीका एक जनागरी १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराबाट आज प्रकाशित विज्ञप्तीमा उल्लेख छ । आज थपिएका १८ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।