Sorry, that menu does not exist.
 

समाजसेवी लक्ष्मण श्रीको प्रस्तुति ‘ए अछुत बनाउने मान्छे…’ सार्वजनिक !

बागलुङ २०७७ असार २ । सुप्रसिद्ध लेखक,विचारक तथा राजनितिज्ञ विश्व भक्त दुलाल ‘आहुति’ को शब्द सिर्जनामा रहेको विभेद विरुद्धको गीतको अडियो सार्वजनिक भएको छ । सदियौ देखि समाजमा कलंकको रुपमा रहेको जातीय विभेदको विरुद्ध लेखिएको गीतमा स्वर,सङ्गित बिबि अनुरागीको रहेको छ । कुनै एक व्यक्ती विशेषको दोष होइन इतिहास देखि वर्तमान सम्म पुरै राज्य ‘संरचना’ (प्रणाली) मा गम्भीर त्रुटि भएको छ। यसलाई बदल्नु पर्छ, हामी सबै न्याय प्रेमी नेपालीहरुको निमित्त राज्यको कर्तव्य पनि हो ।

जाती,धर्म,वर्ण, लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव समाजका कुरिती हुन अझै दलितहरु माथि त झनै सदियौ वर्ष देखि राज्यवाट जातको आधारमा छुवाछुत भेदभाव मात्र गरेनन्, उनिहरुलाई राज्यको हरेक निकायवाट बन्चित गरियो । अत्याचार गरेर उत्पीडनमा पारेकालाई राज्यका आर्थिक, राजनैतिक, सांस्कृतिक रूपमा सबैलाई एकै ठाउँमा समाबेश गराएर हिड्नुको विकल्प छैन भन्ने हाम्रो मुख्य अभियान हो ।

समाजसेवी लक्ष्मण श्रीले समाजमा रहेको विद्यमान अवस्थालाइ सरल रुपले गीतमा प्रस्तुत गरेका छन । समाजमा रहेका सबैखाले विभेदको अन्त्यका लागि चेतना मुलक सशक्त गीत ल्याइएको प्रस्तुतकर्ता समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले ईबागलुङलाई बताए । गीतको भिडियो तयार गर्ने भनिएता पनि हालको विषम परिस्थितिका कारणले अहिले अडियो मात्रै सार्वजनिक गरेको श्री को भनाइ छ । उक्त गीत लक्ष्मण श्रीको आधिकारिक युटुव च्यानल Laxman shree वाट सार्वजनिक गरिएको छ । यो गीतमा यथार्थ वास्तविकता भएको हुनाले एकचोटी सुनिदिन श्रीले सबैलाई अनुरोध गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !