Sorry, that menu does not exist.
 

निसीखोला-५ गलगट्टा क्वारेन्टाईनका ६८ जनाको आर डि टी परिक्षण पछि घर फर्किए !

कुमबिर बिश्वकर्मा, निसीखोला २०७७ असार ३ । बागलुङ जिल्ला निसीखोला गाउपालिका वडा नम्बर (५ स्थित दुर्इ वटा क्वारेन्टाइन मध्य गलगट्टाखोला क्वारेन्टाइनमा चौध दिन बसेका ७३ जनामा आर डि टी परिक्षण गर्दा २ जनाको रिपोर्टमा संकास्पट देखिए पछि उनिहरुसंगै समुहमा रहेका अन्य ९ जनालाइ क्वारेन्टाइनमै राखेर थप पिसिआर परिक्षण गर्ने निसीखोला गाउपालिका स्वास्थ्य संयोजक टोप बहादुर चन्दले जानकारी दिए ।

अन्य दुइ जनाको समुह भन्दा फरक कोठामा बसेका ६८ जनाको आर डि टी रिपोर्ट नेगेटिभ आए पछि उनिहरुलाई घर पठाइएको छ । घर पठाइएकाहरुलाइ होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर पठाइएको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष हर्कमान घर्ती मगरले ईबागलुङ लाई बताए ।

यस्तै वडाको अर्को क्वारेन्टाइन ज्ञानेन्द्र मा।वि। निसीमा ७४ जना रहेका छन । ७४ जना मध्येको पीसीआर परिक्षण गरिएको र अब केहि दिन भित्रमा रिपोर्ट आउने जनाइएको छ ।

गलगट्टा क्वारेन्टाइनमा हाल १७ जना र आज भारतको गोवाबाट १ जना आइ क्वारेन्टाइनमा बसेका छन । उनिहरुको केहि दिन भित्रमा पिसिआर र आर डि टी परिक्षण गरिने निसीखोला गाउपालिका स्वस्थ्य संयोजक टोप बहादुर चन्दले जानकारी दिए। क्वारेन्टाइन व्यवस्थापन संयोजक हर्कमान घर्ती मगरका अनुसार क्वारेनटाईनमा रहेका ब्यक्तिहरुविच सामाजिक दुरी, स्वास्थ्य सुविधा र खानपानको सुविधामा विशेष ख्याल गरिएको छ । नेगेटिभ रिपोट पश्चात घर फर्काइएकाहरुलाई पनि केहि समय सुरक्षित रहन सल्लाह समेत दिने गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments