सोम शर्मा, बागलुङ २०७७ असार ४ । केहि दिन पहिले धौलागिरी अस्पतालले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरालाई एक पत्र लेख्दै नेपाल सरकारबाट कोभिड १९ जोखिम भत्ता प्रोत्साहनको रुपमा प्रदान गरिने नियमानुसारको भत्ता रकम उपलव्ध गराई दिन माग गर्दै अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मी एवं अन्य आआफ्नो काममा खटिएका कर्मचारीको विवरण उल्लेख गरी पठाएको पत्र सन्चार माध्यमहरुमा सार्वजनिक भएपछी यसले निकै तरंग ल्यायो । प्रस्तुत माग पत्रमा अस्पतालमा कार्यरत एक दुई जनालाई छोडी १६९ जना चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको नामावली र उनिहरुलाई उपलव्ध गराउनु पर्ने जोखिम भत्ता प्रतिशतमा उल्लेग गरी माग गरिएको थियो ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न (अग्रपक्तिमा रही काम गर्ने) चिकित्सक स्वास्थ्यकर्मीहरुलाईे जोखिम भत्ताको व्यवस्था गर्नु अत्यन्तै सकारात्मक पक्ष मान्नु पर्छ ।
कोभिड १९ का शंकास्पद बिरामी वा संक्रमण पुष्टि भै आईसोलेशनमा रहेका विरामीहरुको हेरचाहमा रहने चिकित्सक स्वास्थ्यकर्मी वा कर्मचारीहरुलाई उनिहरुको कामको आधार तलब स्केलको प्रतिशतमा जोखिम भत्ता दिईने सरकारी नियमले स्वास्थ्य संस्थाहरुमा कार्यरत अन्य शाखा वा रोगका विरामीहरुको उपचारमा संलग्न रहने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई मर्का चाहीँ परेको देखिन्छ ।
यो लिंकपनि पढौँ
धौलागिरी अस्पतालका चिकित्सक सहित सबै १६९ जना कर्मचारीलाई रु १ करोड ५३ लाख बढी जोखिम भत्ता माग !
उदाहरणका लागी स्वास्थ्य संस्था (अस्पताल)मा ईमर्जेन्सीमा रहि काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीहरु पनि उच्च जोखिममा रहेर बिरामीको चेकजाँच गरिरहेका हुन्छन् । त्यस्ता विरामीमा कोरोना संक्रमित पनि हुन सक्ने प्रबल संभावनालाई नकार्न सकिन्न । पीपीआर टेस्ट गरेर आएका व्यक्तिहरु ओपिडीमा आउछन भन्ने त छैन । त्यसैले जत्तिको जोखिम संक्रमितको हेरचारमा रहेका स्वास्थ्यकर्मीलाई हुन्छ त्यत्तिकै जोखिम ओपिडीमा बिरामी जाँच्ने वा ईमरजेन्सी हेर्ने स्वास्थ्यकर्मीहरुलाई हुन्छ ।
त्यतिमात्र पनि होईन, हामी सुनिरहेका छौँ, देखिरहेका छौँ, पढीरहेका छौँ, सुत्केरी हुन आउने गर्भवती मलिाहरु कोरोना संक्रमणबाट ज्यान गुमाई रहेका छन् । त्यसैले प्रसुति सेवामा संलग्न स्वास्थ्यकर्मीहरुले पनि त्यत्तिके जोखिम मोलेर प्रसुती गराउनु पर्ने हुन्छ । सुत्केरी व्यथा लागेर अस्पताल आउने गर्भवती महिलाहरुको अवस्था हेरी स्वास्थ्यकर्मीहरुले तत्कालै उपचार विधि अपनाउनु पर्ने हुन्छ ।
‘योनीव्दारबाट बच्चाको केहि भाग बाहिर निस्किएको अवस्थामा गर्भवती महिलाहरु अस्पताल आउछन् त्यसबेला पीसीआर परीक्षणको कुरा गर्नेकि सुरक्षित प्रसुती गराउन तिर लाग्ने ? बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिस्टर पार्वती अर्यालको टिप्पणी हो यो । यसले के बताउछ भने प्रसुती सेवामा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीहरु पनि कोभिड-१९ को उच्च जोखिममा रहेर सेवा प्रवाह गरिरहेका छन् ।
यो लिंकपनि पढौँ
निसीखोला-५ स्थित क्वारेन्टाईनमा एक महिलाले शिशुलाई जन्म
हालै मत्र बागलुङको निसीखोला गाउपाकिका-५ मा रहेको क्वारेन्टाईनमा बसेकी एक महिलालेले क्वारेन्टाईनम शिशुलाई जन्म दिईन् । क्वारन्टाईन रहेको विद्यालयको आडैमा स्वास्थ्य चौकी थियो र त्यहाँ कार्यरत दुईजना सिस्टरहरुले प्रसुती गराउन सहयोग गरे । भारतको पन्जाबबाट आएर क्वारेन्टाईनमा बसिरहेकाी शंकास्पद महिलालाई सुत्केरी गराउनु कम जोखिम थिएन । क्वारेन्टाईनमा बसेकी आरटीडी र पीसीआर परीक्षण नभएकी महिलालाई जोखिम मोलेरै सुत्केरी गराउन ती स्वास्थ्यकर्मीले सहयोग पु-याए । भने जत्तिको कोरोना संक्रमितको हेरचारमा जोखिम हन्छ त्यो भन्दा कम प्रसुती सेवा प्रवाहमा हुन्न ।
कुनै पनि अस्पताल वा स्वास्थ्य चौकी वा संस्थाहरुमा कार्यरत सफाई कर्मचारीहरु पनि उच्च जोखिममा रहेर सेवा प्रवाह गरिरहेका हुन्छन् । कोरोना संक्रमणबाट उनिहरुपनि बच्न सक्तैनन् । सरकारले हालको जोखिम भत्ता सम्वन्धी नियम कानूनमा यी सबै पक्षहरु र तथ्यहरुलाई बिचार गरी परिमार्जन गरिनु समय सापेक्ष हुने छ ।