Sorry, that menu does not exist.
 

समाजसेवी ईश्वरी प्रसाद भण्डारीको निधनबाट पार्टीले एक ईमान्दार अभिभावक गुमाएको छ – डा कोईराला

रामकृस्ण कंडेल, वामीटक्सार २०७७ असार ४ । पार्टीले एऊटा इमान्दार अभिभाबक गुमाएको नेपाली कॉग्रेस केन्द्रिय कार्य समितिका महामन्त्री डा।शशांक कोईरालाले बताएका छन् ।
समाजसेवी इस्वरी प्रसाद भण्डारीको १०औं पुण्यतिथिको अबसरमा नेपाली काङ्ग्रेस गुल्मीले उहाको निधन भएको स्थान तिलोतमा नगरपालिकाको योगीकुटीमा आयोजना गरेको शोक सभा कार्यक्रममा प्रमुख अतिथी महामन्त्री डा कोईरालाले उक्त कुरा बताएका हुन् ।

छत्रकोट १ हुगा, गुल्मी निवासी स्व।भन्डारीको योगदानको चर्चा गर्दै डा।शसांक कोईरालाले शोक मन्तब्यको क्रममा दुखको यस क्षणमा धैर्य रहन सबै परिवार तथा आफन्तजनहरूमा आग्रह गर्दै स्व।भन्डारीका सपनाहरू पुरा गरेरै छोड्ने बताए । शोक मन्तब्यको क्रममा सबै बक्ताहरूले स्व।इस्वरी प्रसाद भण्डारीको योगदानको संस्मरण गर्दै उनले देखाएको बाटोमा हिड्ने प्रतिबध्दता ब्यक्त गरे ।

शोकसभामा नेपाली काङ्ग्रेसका केन्द्रिय महामन्त्री डाक्टर शसांक कोइरालाको प्रमुख आथिथ्यता, केन्द्रीय सदस्य हरु,साबिक लुम्बिनी अन्चललका सबै जिल्ला पार्टी सभापतिहरु, काङ्ग्रेस गुल्मीका पुर्ब पार्टी सभापतिहरू, पार्टीका सबै पदाधिकारीहरु भातृ संघका नेताहरू लगायत ब्यक्तित्व हरूको सहभागिता रहेको थियो।

हामी संगको कुराकानीमा गुल्मी पार्टी सभापती तथा प्रखर युवा नेता भुवन प्रसाद श्रेस्ठले स्व ईस्वरी प्रसाद भन्डारी पन्चायत काल देखिनै यस क्षेत्रको बिकासको लागि दत्त चित्त भई लाग्ने सामाजिक अभियन्ताको रूपमा संस्मरण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोनमा भन्डारी परिवारको अतुलनिय योगदान रहेको बताए। सभापती श्रेस्ठले स्व भन्डारीको निधनले आफुहरूलाई स्तब्ध बनाएको र सफल अभिभाबक गुमाएको बताए।

डा चन्द्र भन्डारीले आफ्ना बुवाको १२औ दिनको पुण्यतिथिको कार्यक्रममा शवयात्रामा सहभागी हुनुभएका एवम आफुहरूलाई यस शोकको अवस्थामा प्रत्यक्ष र परोक्ष रुपमा समवेदना प्रकट गर्नु हुने सबै ईष्टमित्र, आफन्तजन एवम् शुभचिन्तक सहभागी भई पितृप्रसाद ग्रहण गर्नका लागि शान्ति कुन्ज, ती। न। पा(२, रुपन्देहीमा आषाढ५ गते शुक्रबार दिउस१२बजे लाई आमन्त्रण गर्नु भएको छ। ८७बर्षको उमेरमा निधन हुनु भएका ईश्वरी प्रसाद भण्डारीको घरमा श्रीमती, छोरा डा चन्द्र भण्डारी रास्ट्रिय राजनितीमा संलग्न हुनुहुन्छ भने अन्य छोरा छोरी हरू क्रमश मिन प्रसाद भन्डारी,देबि भन्डारी, हरि भन्डारी, डा शंकर भण्डारी, लक्ष्मी भण्डारी देशको बिभिन्न जिम्मेवारीमा रहि योगदान पुर्याऊदै आएका छन् । स्व भन्डारीका अर्को छोरा कॉग्रेस पुर्ब जिल्ला सचिब स्व।फणिन्द्र भन्डारीको केही बर्ष पहिले काठमान्डौंमा दुखद निधन भएको थियो। बुहारी धना भण्डारी नेपाल शिक्षक संघ केन्द्रिय सह महासचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन् । गुल्मी पार्टी सभापति भुवन प्रसाद श्रेष्ठको सभापतित्व साथै जिल्ला सचिब खिलध्वज पन्थीको सन्चालनमा शोक सभा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !