Sorry, that menu does not exist.
 

गुल्मीमा कोरोना भाइरस विरुद्ध रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधी वितरण !

मनु सुनार, गुल्मी २०७७ असार ४ । गुल्मीमा कोरोना भाइरस विरुद्ध रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधी वितरण गरिएको छ । मारवाडी सेवा समितिको सहयोग तथा बुटवल उद्योग वाणिज्य संघको सहजीकरण एवं सदरमुकाम तम्घासमा रहेको रिडर्स पब्लिक हाई स्कूलको व्यवस्थापनमा भाइरस विरुद्धको औषधी वितरण गरिएको बिद्यालयका प्रिन्सिपल श्रीप्रसाद भलामीले बताए ।

बिहिबार कार्यक्रममा सहभागीहरुलाई यस औषधीका बिषयमा भलामीले जानकारी दिएका थिए । उनले १ हजार जनालाई ६ हजार पिस भाइरस विरुद्धको होमियोप्याथिक औषधी निःशुल्क वितरण गरिएको जानकारी दिए ।

बच्चा देखि बृद्धसम्म दीर्घ रोगी सबैले खान मिल्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीको रुपमा प्रमाणित भइसकेको भलामीले जानकारी दिए । यो औषधी आइसोलेशनमा रहेका बिरामीलाई पनि वितरण गरिने छ । जिल्लामा अहिले यस औषधीको अत्याधिक माग बढिरहेको समेत जानकारी दिए ।

यस औषधी प्रयोग अवधिभर अल्कोहल र निकोटिनयुक्त पदार्थ प्रयोग गर्न नमिल्ने बताईएको छ । रिडर्स पब्लिक हाइ स्कुलका भ्वाइस प्रिन्सिपल टिका भलामीले भाइरस विरुद्धको औषधी वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !