Sorry, that menu does not exist.
 

वर्तमान परिवेशमा महिलालाई आत्मनिर्भर बनी सम्बृद्धिको बाटोमा लाग्न उपप्रमुख काउचाको आग्रह !

थम्मन थापा गल्कोट २०७७ असार ४ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले अहिलेको परिवेशमा महिलाहरु आफ्नो सीप, दक्षता वृद्धि गरि आत्मनिर्भर बन्दै सम्वृद्धिको बाटोमा लाग्नु पर्ने बताएकी छन् । महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै उपप्रमुख काउचाले यस्तो बताएकी हुन् ।

महिलाहरुलाई समय सापेक्ष सीप सँग जोड्दै सीपलाई व्यवहारमा प्रस्तुत गराउने उद्देश्यले गल्कोट नगरपालिकाले महिला मैत्री तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रमहरूलाई जोड दिँदै आइरहेको उपप्रमुख काउचाले उल्लेख गर्दै त्यसको लागि तालिममा सिकेको कुरा व्यवहारमा उतारेर आर्थिक सम्वृद्धिको यात्रामा अगाडि बढ्न अनुरोध गरिन ।

गल्कोट नगरपालिका वडा नं ७, ८ र ९ का गरी १७ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको मोर्डन टेलर्स गल्कोट नगरपालिका वडा नं ९ बाँसखोलाका सञ्चालक किसान परियारले प्रशिक्षण दिएका थिए । गत माघ २२ गते देखि सुरु भएको तालिम चैत ११ गते देखि सुरु भएको लक डाउनको कारण केही समय स्थगित भएको थियो । तालिममा सहभागीलाई मेसिन सहित अन्य आवश्यक सामाग्रीहरु नगरपालिकाले उपलब्ध गराएको थियो ।

समापन समारोहको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य दुर्गा बहादुर मल्ल, वडा सचिव आनन्द प्रसाद शर्मा र प्रशिक्षार्थी सुनिता साहनी थापाले मन्तब्य राखेका थिए । भैरव माध्यमिक विद्यालय बासखोलामा सञ्चालन गरिएको तालिममा सिलाई, बुनाई सबन्धी कुराहरू सिकाइएको थियो । कार्यक्रमको सञ्चालन गल्कोट नगरपालिकाका प्रतिनिधि मिना थापा मगरले गरेकस् सथईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !