बागलुङ २०७७ असार ५ । आज विहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार बागलुङ जिल्लाको गल्कोट नगरपालिका र काठेखोला गाउपालिकामा गरी थप १४ जनामा कोभिड-१९ (कोरोना) संक्रमण भेट्टिएको छ । यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २, कास्कीमा ६ र स्याग्जामा २ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको विज्ञप्तीमा उल्लेख छ ।
गल्कोट नगरपालिकामा संक्रमण पुष्टि हुने ८ जनामा ६ जना पुरुष र २ जना महिला रहेका छन् भने उनिहरु १९ देखी ४५ वर्ष उमेरका रहेका छन् । काठेखोला गाउँपालिकामा २० देखी २९ वर्ष उमेरका ६ जना पुरुष संक्रमित बनेको विज्ञप्तीमा जनाईएको छ ।
पीसीआर परीक्षणको रिपोर्ट दुई हप्ता बित्न लाग्दा पनि सार्वजनिक नगरिएकोमा बागलुङ जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेकाहरुमा मानसिक दबाब पर्नगएको छ ।