Sorry, that menu does not exist.
 

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ : ओपिडि सेवा बन्द !

निर्मल पौडेल, पर्वत २०७७ असार ५ । जिल्ला अस्पताल पर्वतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका दिएको जानकारी अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । गुप्तेश्वर क्याम्पसको आइसोलेसनमा संक्रमितको उपचारमा खटिएका २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको हो ।

काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । यो संगै पर्वत जिल्ला अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हु्ुने डा. देवकोटाले जानकारी दिए ।

जिल्लाको कोरोना संक्रमणको व्यवस्थापन थप चुनौतीपूर्ण बनेकोले सवै जिल्लावासीहरु लाई सतर्कता संगै सावधानी अपनाउन पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द गिरी पहाडीले आग्रह गरेका छन् । स्वास्थकर्मीहरुमा संक्रमण देखिएको खवरले नआत्तिनु हुन र सवैलाई धैर्यतापूर्वक आ आफनो घरमा बस्नु हुन अध्यक्ष पहाडीले अनुरोध गरेका छ्न ।

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु पीसीआर रिपोर्ट नआउदै क्वारेन्टाईनबाट बाहिर मानिसहरुसंग सम्पर्क आएका हुनाले उनिहरु को-कससंग सम्पर्कमा आए कन्ट्याक्ट ट्रेसिङ गर्न थालिएको स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !