बागलुङ २०७७ असार ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । आजमात्र ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। कोरोनाकै कारण मृत्यु हुनेको संख्या २२ रहेको छ ।