Sorry, that menu does not exist.
 

ताराखोला गाउँपालिकामा स्रोत अनुमान तथा वजेट सीमा निर्धारण वैठक सन्पन्न

मन्दिप निउरे ताराखोला २०७७ असार ६ । ताराखोला गाउँपालिकामा आज आर्थिक वर्ष २०७७/७८ को वजेट तथा कार्यक्रम को लागि स्रोत अनुमान तथा वजेट सिमा निर्धारण वैठक सन्पन्न भएको छ ।

वैठकमा कृषि शाखा, पशु शाखा, शिक्षा शाखा लगायतका क्षेत्रगत विकास आयोजनाहरुमा टोल वस्ति, वडा वाट छनोट भएका र गाउँपालिकाभित्र सञ्चालन हुने आयोजनाहरुको वारेमा छलफल गरीएको थियो । त्यस्तै राजस्व परामर्श समितिले तयार पारेको प्रतिवेदन माथि पनि छलफल भएको थियो । गाउँपालिकामा आएका योजनाहरु कसरी प्रभावकारी गराउने भनेर पनि छलफल गरीएको थियो ।
वैठक ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !