भरत सापकोटा बिहुँ बागलुङ २०७७ असार ६ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको रोकथाम नियन्त्रण र उपचारमा विभिन्न प्रयासहरु भैरहेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउपालिका वडा नं ५ र ६ बिहुँमा पनि क्वारेन्टाईनहरुमा भारतबाट घरमा फर्किएका नागरिकलाई व्यवस्थापन गरि राखिएको छ । उनिहरुको व्यवस्थापनमा सहयोग पुगोस भनी बिहुँकोट हेल्प नेटवर्क पोचूगलले वडा नं ५ र ६ को सहयोगका लागी रु ६० हजार सहयोग प्रदान गरिएको नेटवर्कका कार्यबाहक अध्यक्ष ईन्द्रलाल कँडेल र सहसचिव दिपक कँडेलले बताएका छन् ।
सो नेटवर्कले काठेखोला ६ का सिरलाल दर्जीको उपचारका लागी रु १० हजार पनि प्रदान गरेको छ ।