भरत सापकोटा, बागलुङ २०७७ असार ६ । काठेखोला गाउपालिकाका थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । हिँजो मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी पोखराव्दारा अहिले बिहान प्रकाशित गरेको विज्ञप्ती अनुसार संक्रमित मध्य ३० वर्षकी एक महिला पनि रहेकी छन् । अन्य ७ जना संक्रमित पुरुषहरु २२ वर्ष देखी ३९ वर्ष उमेर समुहका रहेका छन् ।
यो लिंकपनि पढौँ
बागलुङमा कोरोना संक्रमणको खतरा बढ्यो : आज २४ जना थपिए पछी जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो !
उनिहरु भारत लगायतका देशहरुबाट फर्किएर क्वारेन्टाईनमा बस्दै आएका थिए । केहि दिन पहिले उनिहरु सहित १३२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागी पोखरा पठाईएकोमा हिँजो सम्ममा जम्मा ७७ जनाको रिपोर्ट आएको थियो ।