प्रेम सुनार, गुल्मी, २०७७ असार ७ । केहि दिन अघि नेपाली कांग्रेस गुल्मी ईस्मा गाउँपालिका कार्यसमिति सभापति पद त्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा प्रवेश गरेका राम प्रसाद पन्थले कांग्रेस पार्टी पुर्वपञ्चहरु कै हालिमुहाली रहेको पार्टी भनेर आलोचना गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत आफु चारदशक भन्दा लामो समय सम्म नेपाली कांग्रेस मार्फत सामाजिक , राजनैतिक काममा सक्रिय रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सत्ता बाहिर छँदा छटपटि मात्रै देखाउने गरेको आरोप लगाएका छन । उनल् भनेका छन म नेपाली कांग्रेस ईस्मा गाउँ कार्य समिति सभापति पदमा कार्यरत थिएँ ।
तर पछिल्लो चरणमा नेपाली कांग्रेसले देश, जनता र लोकतन्त्रको पक्षमा दृुढता पुर्वक उभिनुको साटो सत्ता बाहिर रहँदाको छट्पटी र कुण्ठा प्रदर्शन मात्र ग¥यो । सो पार्टीको नेृतृत्वमा रहेका ब्यक्तिहरुबाट पुराना ईमान्दार कार्यकर्ताहरुको अवमुल्यन , अपमान र तृष्कार भयो भने विभिन्न पार्टी चाहरेर अवसरवादी पुर्वपञ्चहरुको हालीमुहाली चल्यो ।
वर्तमान सुरकारले अगाडी बढाएका राष्ट्रियताको मुद्धामा समेत कांग्रेसले समर्थन नगरी बिदेशीहरुको दलाली गरेको देखिएकोले मैले २०७७ साल असार २ गते देखि नेपाली कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवेश गरेको छु ।
2 Comments