मित्रलाल खरेल, गल्कोट २०७७ असार ७ । गल्कोट नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछी संक्रमितहरुको संख्या दुई दर्जन पुगेको छ । अहिले सम्म भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेकाहरुमा कोभिड १९ संक्रमण देखिएको हो ।
क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरी प्रयोगशालामा पठईएका धेरैको पीसीआर रिपोर्ट आउन बाँकी रहेको हाल सम्म आएको रिपोर्टमा २४ जनामा संक्रमण देखिएपछी यस महामारीलाई समुदायमा फैलिन नदिन गल्कोट नगरपालिकाले आज देखि गल्कोट नगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सम्पूर्ण व्यापार व्यवसाय तथा सवारी साधनहरु एक हप्ताका लागी पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
स्वाब संकलन गरी प्रयोगशालामा परीक्षणका लागी पठाईएकाहरु धेरैको पीसीआर रिपोर्ट आउन बाँकी रहेकोले संक्रमितहरुको संख्या अझै बढन सक्ने संभावनालाई मध्यनजर गरी नगरपालिकाले संक्रमण फैलिन नदिन आवश्यक कदमहरु उठाएको हो ।