Sorry, that menu does not exist.
 

प्रवास : यूएईमा रहेका नेपालीलाई खुसीको खवर !

सचिन्द्र श्रेष्ठ (दुबई) २०७७ असार ७ । आज नेपाली दुताबासले एक बिज्ञप्ति निकालेको छ,बिज्ञप्तिमा भनिएको छ,कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युएइबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Chartered Flight मार्फत नेपाल फर्काउने क्रम जारी छ।

आज असार ७ गते मात्रै ३ ओटा उडानमार्फत झन्डै ६०० नेपाली नागरिकहरू नेपाल फर्कंदै छन् ।आज बिहान ४:२० मा १५१ यात्रु बोकेर Himalaya Airlines को एक जहाज काठमाडौँका लागि उडिसक्यो। आजै बिहान Fly Dubai र Nepal Airlines का chartered Flight हरूले पनि क्रमश ८:०० बजे र ११:१० बजे युएइबाट काठमाडौँ उडान भर्नेछन् ।

यसअघि हिजो (असार ६ गते) Air Arabia र अस्ति (असार ५ गते) Nepal Airlines का यस्तै उडानमार्फत ३०० भन्दा बढी नेपालीहरू नेपाल फर्कि सकेका छन ।
नेपाल सरकारले तोकेको प्राथमिकताअनुरूप गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमेका, युएइमा रोजगारी गुमेका आदि नेपालीहरू नेपाल फर्कंदै छन ।

असार ८, ९, १०, ११ गते पनि विभिन्न Airlines का चार्टर्ड उडानहरूमार्फत नेपालीहरूको घर फिर्ती जारी रहनेछ र यसलाई अझै पछि पनि निरन्तरता दिने प्रयास गरिनेछ।यसले गर्दा यहाँका नेपालीहरुमा राहत तथा खुसी ब्यक्त गरेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !