बागलुङ २०७४ बैशाख १८ । बैशाख ३१मा गते हुने स्थानीय तहको निर्वाचनको उमेदवारहरुले मनोनयन दर्ता गर्ने दिन बैशाख १९ दिन आउन अब केहि घण्टामात्र बाँकी रहेको छ । बागलुङ जिल्लामा क्रियाशील राजनीतिक दलहरु चुनावी तालमेल र उमेदवार छनोट गर्ने गृहकार्यमा लागेका छन् ।
सोमबार विहानै देखी नेपाली काँग्रेसको सांसदहरु चम्पा खडका, प्रकाश शर्मा पौडेल, रत्ना शेरचन, ज्ञानकुमारी छन्त्याल, पार्टी सभापति दिपेन्द्र थापा, सचिव नवराज शर्मा, कोषाध्यक्ष उमेश गौतम, पूर्व कावा सभापति जगदीश पौडेल रहेको संयन्त्र उमेदवारको टुंगो लगाउन छलफलमा छ । यो समाचार तयार पार्दा सम्म संयन्त्रले ३ नं क्षेत्रले गरेको निर्णयलाई सदर गर्दै विवाद टुंगाएको छ ।
गल्कोट नगरपालिकाको मेयर पदमा निरज पुन नउठ्ने भएको बुझिएको छ । अहिले संयन्त्र गल्कोट नगरपालिकाका उमेदवारहरुको टुंगो लगाउन छलफलमा रहेको श्रोतले बतायो । गल्कोट नगरपालिकाको मेयर पदमा फम खत्री, रेणुका काउचामगर, मुकुन्द भण्डारी, सुरेन्द्र बम मल्ल, भरत शर्मा गैरे, मञ्जु शर्मा चालिसे, यम श्रीस, देबेन्द्र खत्री लगायत आकांक्षी रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा रहेको जैमिनी नगरपालिकाको वडा र अन्य गाउपालिकाको उमेदवारहरुको नाममा केहि उजुरी परेकाले त्यस्को छानविन संयन्त्र गर्ने बताईएको छ । एक काँग्रेसी कार्यकर्ताले वडाहरुको विवाद हो, मेयर उपमेयर र प्रमुख उपप्रमुखको नाम टुंगो लागिसकेको बताए । उनले जैमिनी नगरपालिकाको मेयरमा ईन्द्रराज पौडेल निश्चित भैसकेको बताए ।
खास गरी काँग्रेसी संयन्त्र बागलु«ङ नगरपालिकाको मेयर र उपमेयरको बारेमा गम्भीर छलफलमा रहेको बुझिएको छ । बागलुङ नगरपालिकाको मेयरमा पार्टी सभापति दिपेन्द्र बहादुर थापा, क्षेत्रीय सभापति चिरन्जीवी गौतम, पूर्व बाउबासंघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नगर समिति संयोजक महेन्द्र आचार्य, महिला संघ अध्यक्ष सकुन्तला शर्मा लगायत आकांक्षी रहेका छन् ।