मित्रलाल खरेल, गल्कोट २०७७ असार ७ । गल्कोट नगरपालिकामा कोरोना संक्रमितको संख्या २४ पुगेपछी नगरपालिकाले आज एक विज्ञप्ती प्रकाशित गरी आवश्यक सेवाहरुबाहेक सबै बन्द गर्ने निर्णय गरेको बताई रहँदा तीन दिन पहिले कोरोना पुष्टि भएका रत्न लक्ष्मी माबि क्वारेन्टाईनमा रहेका ६ जना संक्रमितहरुको व्यवस्थापन नगरिएको विषयलाई लिएर स्थानीयहरु स्वत:स्फूर्त रुपमा निस्केर नगरपालिका विरुद्ध नाराबाजी गर्दै वडा कार्यालयमा पुगेका छन् । सामाजिक दुरीको पालनागर्दै स्थानीय सरकारलाई सचेत गराउन जुलुस निकालिएको एक सहभागीले ईबागलुङलाई बताए ।
रत्नलक्ष्मी माबि क्वारेन्टाईन बाट निस्केको जुलुस विभिन्न नाराबाजी गर्दै ११ नं वडाकार्यालय पुगी वडा कार्यालय मार्फत नगरपालिकाको ध्यानाकर्षण गराईएको जुलुसका सहभागीहरुले बताए । उनिहरुले नगरपालिकाको फितलो स्वास्थ्य नीतिले .जनताले दुख पाएको उनिहरुको आरोप छ ।
गल्कोट नगरपालिका भित्र रहेका क्वारेन्टाइनहरुमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीहरु नै संक्रमित हुने जोखिम रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
*** २ बजे गल्कोट नगरपालिका ११ का अध्यक्ष डम्बर श्रीसका अनुसार संक्रमितहरुलाई बागलुङ पठाईएको छ ।