Sorry, that menu does not exist.
 

नरेठाँटी स्वास्थ्य केन्द्रको आईसोलेशन कक्षमा १० जना संक्रमितको व्यवस्थापन !

मित्रलाल खरेल गल्कोट २०७७ असार ७ । गल्कोट नगरपालिका २ नरेठाँटी स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनमा २१ शैयाको आईसोलशन कक्ष निर्माण गरिएको छ । गत जेठ २१ गते सो भवनमा १० शैयाको आईसोलशन निर्माण गर्ने प्रारम्भिक छलफल भएको थियो ।

गल्कोट नगरपालिका वडानं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले स्वास्थ्य चौकी भवनमा २१ शैयाको आईसोलशन कक्ष तयार गरिएको जानकारी दिँदै आजै १० जना संक्रमितहरुलाई व्यवस्थापन गरिएको ईबागलुङलाई बताए । नगरपालिकामा संक्रमितहरुको संख्या बढ्दै जान लागेपछी विशेष सतर्कता अपनाईएको प्रवक्ता भण्डारीले बताए ।

आज मात्रै संक्रमण पुष्टि भएको तीन दिन सम्म पनि रिघाको रत्नलक्ष्मी माबि क्वारेन्टाईन बसेका ६ जना संक्रमितहरुलाई नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै रिघाका युवाहरुले आज जुलुुश प्रदर्शन गरेका थिए । रिघाका ६ जना संक्रमितहरुलाई आजै बागलुङ धौलागिरी क्याम्पसको प्री आईसोलेशन कक्षमा पठाई व्यवस्थापन गरिएको छ ।

गल्कोट नरेठाँटी स्थित स्वास्थ्य चौकीको नयाँ भवनमा १० शैयाको आईसोलेसन कक्ष बनाउने तयारी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !