सोम शर्मा, बागलुङ २०७७ असार ८ । गुल्मी दरबार गाउपालिका वडा नं ७ का एक युवक जेठ ११ गते भारतबाट फर्किएर १५।१६ दिन क्वारेन्टाईनमा बिताए । अरडीटी टेस्ट गर्दा नेगेटिव आएपछी उनलाई जेठ २७ गते क्वारेन्टाईनबाट बिदा दिईयो र उनी घरमा गए । उनि घरमा गएको ११ दिन पछी उनकी सुत्केरी श्रीमतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिव आएपछी उनलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगियो र उनको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागी भैरहवा पठाउदा रिपोर्ट पोजेटिव आएपछी अहिले गाउँ ने सिल गरिएको छ र कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ ।
केहि दिन पहिले भारतमा चारधाम गरेर चितवन हुँदै घरमा फर्किएकी काठेखोला गाउपालिका ईनारपानीकी एक ६५ वर्षिया बृद्धको आरडीटी टेष्ट गर्दा रिपोर्ट पोजेटिव आएपछी खैलबैला नै मच्चियो । हतार हतार उनलाई क्वारेन्टाईनमा लगेर राखियो । उनका श्रीमान छोरा बुहारी सबैको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिव आएपछी क्वारेन्टाईनबाट घरमा पठाईयो । उता बडीगाड गाउपालकामा पनि क्वारेन्टाईनबाट बिदाई भएर गएका दुईजनामा कोरोना पोजेटिव देखिएको समाचार प्रकाशमा आएको छ ।
पछिल्लो समय स्वाब संकलन गरी पीसीआर परीक्षणका लागी प्रयोगशाला पठाईएकाहरुको तीन हप्ता सम्म रिपोर्ट नआउनु, आएपनि दुईचार जनाको आउने गर्नु, एकै क्वारेन्टाईनमा बसेकाहरु कसैको पहिले आउनु कसैकसैको नआउनुले धेरै समस्याहरु सिर्जना गरेको छ । जजस्को आएको छैन उनिहरुले पोजेटिव भएत आईहाल्थ्यो नि नेगेटिव भएर नआएको भन्ने अर्थमा बुझ्न थालेर घरमा जान हतार गरिरहेको स्थिति एकातिर छ भने १४ दिन सम्म संक्रमणको कुनै लक्षण नदेखिए टेष्ट बिना नै घरमा पठाउन्े सरकारी नीतिका कारण थप अन्यौलता सिर्जना भएको छ । पीसीआर रिपोर्टको लागी स्वाब संकलन गरी प्रयोगशालमा पठाउनु पर्ने र त्यसको रिपोर्ट समयमा नआउदा आरडीटी टेष्ट गरी नेगेटिव देखिए घर पठाउने केहि स्थानीय तहले गरेका छन् ।
निसीखोला गाउपालिकाका वडा नं ५ को गलगट्टा खोला क्वारेन्टाइनमा चौध दिन बसेका ६८ जनाको आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिव आएको भन्दै उनिहरुलाई घरमा पठाईएको छ । आरडीटी टेस्ष्टको रिपोर्टको विश्वसनीयता माथी नै प्रश्न उठिरहेको अवस्थामा आरडीटीको रिपोर्टकै आधारमा एउटा क्वारेन्टाईन नै रित्तो बनाएर भारतबाट आएकाहरुलाई घरमा पठाउनुलाई धेरैले पचाउन सकेका छैनन् । यसतर्फ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको ध्यान जानु आवश्यकक छ । यसै हिसाबले आरडीटी रिपोर्टकै आधारमा क्वारेन्टाईन खाली गर्दै जानेहो भने भयाबह स्थिति नआउला भन्न सकिन्न ।