Sorry, that menu does not exist.
 

सडक मर्मतका क्रममा जथाभावी माटो फाल्दा कुलो पुरिएपछि सेराका किसानलाई सास्ती !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार ९ । ढोरपाटन नगरपालिका २ सेराफाँटका किसान सिँचाई आयोजनाको कुलो निरन्तर अवरुद्ध हुँदा प्रत्यक्ष मारमा परेका छन् । २ सय ५० रोपनी खेतियोग्य फाँट रहेको उक्त क्षेत्रमा सडक निर्माणको करणमा कुलो पुरिएपछि दैनिक जसो कुलो सफाईमा किसानको समय वित्ने गरेको हो ।

गण्डकी प्रदेश सरकार मार्फत सालझण्डी ढोरपाटन सडक खण्डको तारिखेत र सेरा विचको भागमा सडकलाई चक्ल्याउँदा सडकको माटो कुलो तर्फ फालिएका कारण बर्षातको समयमा सडक मुनि अडिएको माटो वगेर कुलोमा पुग्दा स्थानिय किसानलाई त्यसको व्यवस्थापनमा चुनौति देखिएको छ ।

असार पहिलो सातादेखि खेत रोपाईको चटारोमा रहेका त्यहाँका किसानलाई दैनिक रुपमा कुलोमा खसेको माटो पन्छाउँदैमा समस्या भइरहेको स्थानिय ओमलाल क्षेत्रीले बताए ।

ढोरपाटन नगरपालिकाले कृषि पकेट क्षेत्रको रुपमा सेरा फाँटलाई अगाडी बढाउने भनीएपनी हिँउद वा बर्षातको समयमा कृषहरुलाई कुलो सफा गर्नमै समय वित्ने गरेको छ। सडक खनिएपछि थप समस्या भएको छ जताततैदेखि भल सहित लेदो कुलोमा आई थुप्रिएपछि खेतमा धान रोप्न गोरु नारेका किसान खेताला लिएर कुलो सोहोर्न आउनु पर्छ ।

पछिल्लो समय निरन्तरको बर्षातका कारण सडक खनिएको खेलुवा माटो वगेर कुलोमा आएर जम्मा भएरहँदा आफुहरुलाई निकै सास्ती भइरहेको स्थानिय कृषक नरबहादुर महतको भनाई छ । सालझण्डी ढोरपाटन सडक मर्मत गरेर सवारी साधन आवतजातवमा निकै सहजता भएपनी कृषकहरुलाई भने समस्या सृजना भएको छ । कृर्षि पकेट क्षेत्र बनाउने गरी आर्थिक बर्ष २०७६÷७७ मा कृर्षि ज्ञान केन्द्र पर्वत मार्फत १५ लाख लागतमा कुलो स्तरीकरण गरीएको छ । उक्त कार्यक्रम बहुबर्षिय रहेको जनाइएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !