Sorry, that menu does not exist.
 

कोभिड-१९ पुष्टि भएका ढोरपाटनका ५ जना संक्रमितहरु तीन दिन देखी क्वारेन्टाईनमै !

बुर्तिवाङ २०७७ असार ९ । ढोरपाटन नगरपालिकामा हालसम्म कोरोना सँक्रमितको सँख्या २२ पुगेको छ । लामो समयदेखि रोकिएको पिसीआर रिपोर्ट आउन थालेसँगै सँक्रमितको सँख्या बृद्धि भएको हो । आजमात्रै ६७ वर्षिया एक महिला सहित ६ जनामा संक्रमण देखिएको छ । ढोरपाटन नगरपालिका वडा नं.३ मा ३ जना, वडा नं.५ मा १ जना र वडा न..८ मा १ गरी सँक्रमितको सख्या ६ पुगेको छ ।

त्यस्तै आइतबार र सोमबार गरी ९ जनामा संक्रमण भेटिएको थियो । उनिहरुमध्ये ढोरपाटन नगरपालिका ८ मा संक्रमण पुष्टि भएका १ जना गर्भवती सहित चारजनालाई धौलागिरी अस्पतालको आइसोलेशनमा पठाइएको छ । तर आइतबार साँझ कोरोना पुष्टि भएका ५ जनालाई हालसम्म बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका् आइसोलेशन कक्षमा ल्याईएको छैन । उनिहरु ढोरपाटन नगरपालिका २ र वडा नं.५ का रहेका छन् । उनिहरु अहिले पनि क्वारेन्टाईनमा बसिरहेका छन् ।

त्यसैगरी आज सँक्रमण पुष्टि भएका ५ जना समेत क्वारेन्टाईनमै रहेका छन् । चारवटा पालिका मिलेर बनाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोशेलनमा हाल १८ जना सँक्रमित बस्दै आएका छन् । उनिहरु बस्दै आएको हलमा वेड खाली भएपनी पछिल्लो समय थपिएका संक्रमितलाई एकै स्थानमा नराख्ने निर्णय भएका कारण उत्तरगँगा माविमा आइसोलेशन बनाएर राख्ने तयारी रहेको बताइएको छ ।

निसीभुजी जनता क्याम्पसमा थप २५ शैयाको आइसोलेशन कक्ष बनाउने तयारी गरिएपनी स्थानियले विरोध जाएपछि उत्तरगँगा माविमा आइसोलेन कक्ष बनाउने तयारी भइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।

हालसम्म ५ शैयाको वेड तयार भइसकेको छ सँक्रमितको सँख्या थपिएका कारण सबै बेड तयार पारेर भोली मात्रै आइसोलेशनमा ल्याउने तयारी भएको उनले । सँक्रमित भएका व्यक्तिलाई क्वारेन्टाईनमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको डा. मल्लको भनाई छ । संक्रमण पुष्टि भएको तीन दिन बित्दा सम्म आईसोलेशन कक्षमा ल्याएर व्यवस्थापन नगरिएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !