कमल पौडेल, वामीटक्सार २०७७ असार ९ । ग्लोबल आइएमइ बैंक लिमिटेड वामी शाखा गुल्मीले मुसिकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत शाखाको तर्फवाट मुसिकोट नगरपालिकालाई सहयोग गरिएको शाखा प्रवन्धक माधव उपाध्यायले जानकारी दिए । केन्द्रिय र प्रदेश स्तरमा समेत सहयोग गरिरहेको बैंकले शाखा मार्फत स्थानिय स्तरमा समेत सहयोग गरेको हो।
सो सहयोग रकमको भौचर बुझ्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले कोरोना विपद् नियन्त्रणमा सवैको साथ र हात आवश्यकता रहेको भन्दै बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारी, ग्लोवल आइएमइ बैंक लिमिटेडका अपरेशन इन्चार्ज बुद्धमणि खराल लगाएतको सहभागिता रहेको थियो। बैंकले सेवा ग्राहिको आवश्यकतालाई मध्यनजर गर्दै कोरोना महामारिको सन्दर्भमा समेत अत्यावश्यक सेवा दिइरहेको छ।