खिमलाल पाण्डे, युएई। २०७७ असार १० । युएईको मावारिद एक्सचेञ्जले युएईका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि युएईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन नेपालीहरु खोजीखोजी मावारिद एक्सचेञ्ज आउने क्रम बढिरहेको मावारिद एक्सचेञ्जसँग टाइअप गरेको नेपालको सिभिल बैंकका युएई प्रमुख सन्जित सिंहले जानकारी दिएका छन् ।
अन्य एक्सचेञ्जभन्दा पैसाको रेट धेरै भएको र मावारिदमा सेवाप्रदायक धेरै नेपाली कर्मचारी रहेका कारण पनि धेरै नेपालीको रोजाईको एक्सचेञ्ज भएको सिंहले बताए । उनका अनुसार युएईका मुख्यमुख्य शहरमा शाखा भएका कारण पनि मावारिदको कारोबार निरन्तर बढिरहेको हो ।
केही महिना अगाडि युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने योजनाले पनि धेरै नेपालीहरुले मावारिद एक्सचेञ्जलाई रोज्ने गरेको सिंहले प्रष्ट पारे ।
नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जका ६ वटा शाखामार्फत नेपालमा १ सय १३ वटा शाखा भएको सिभिल बैंक र नेपालभरीका १० हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैंकका युएई प्रमुख सिंहले जानकारी दिए ।
मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहले बताए ।
सिंहका अनुसार बर दुबईको अस्टेरिया होटल अगाडिको बाटोबाट अदिल फुडस्ट्फसँगै रहेको मावारिद एक्सचेञ्ज, सोनापुरको ग्रान्ड हाइपरमार्केट ९बस पार्क अगाडि०, जेबल अली पार्को हाइपरमार्केट ९बस पार्क अगाडि०, शारजाह बुतिना र मुहेलामा नेस्टो हाइपरमार्केट रहेको मावारिद एक्सचेञ्जको शाखाबाट मावारिद एक्सचेञ्जले कारोबार संचालन गरिरहेको छ ।