Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाको आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम आज प्रस्तुत गरिदै !

सुमन सुनार, बुर्तिबाङ २०७७ असार १० । ढोरपाटन नगरपालिकाले असार १० गते आज आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज आगामी आर्थिक वर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम प्रस्तुत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए ।

अहिले विहान ११ बजे देखि बुर्तिबाङमा रहेको होटल दरबारको सभा हलमा निती तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम सुरु हुने अधिकृत पोखरेलले बताए । नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीेव्दारा निति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको पोखरेलको भनाई छ ।

नीति तथा कार्यक्रममा विकास निर्माणका आयोजनाको निरन्तरता, रोजगारी सिर्जना, कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण लगायत जनचासोका विषयलाई संलग्न गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी कोभिड–१९ का कारण जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई पनि प्राथमिकताका साथ समावेश गरिने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चारमाध्यम लगायतका प्रमुख तथा प्रतिनिधीहरुको विशेष सहभागिता रहने नगर प्रमुख नेपालीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !