Sorry, that menu does not exist.
 

रुकुम घटनालाई लिएर बागलुङमा बिरोध सभा : जातियताको आधारमा हुने बिभेद अन्त्य आवश्यक !

सोम शर्मा बागलुङ २०७७ असार १० । संयुक्त दलित संघर्ष समितिले आज बागलुङ बजारमा पश्चिम रुकुमको नरसंहारको बिरुद्ध बिरोध र्याली गरेको छ । रुकुममा भएको घटनामा नवराज बिक संगै ६ जनाको मृत्यु भएको थियो । सोही घटनाको बिरोधस्वरुप संयुक्त दलित संघर्ष समितिले वीरेन्द्र ऐश्वर्य पार्कदेखी सुरु भएको याली बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा गएर कोण सभामा परिणत भएको थियो । जातीय विभेद अन्त्य गर, जातिय विभेद कहिल सम्म ?, दलितका लागि सरकार कहाँ छ ?, मानिस भएर बाच्न देउ, पोसमार्टम रिपोर्ट गलत बनाउने डा.लाई कारबाही होस्, लगायतका पम्प्लेट सहित दलित अधिकारकर्मीहरुले बजार परिक्रमा गरेका थिए ।

जातियताको आधारमा मानिस मानिसबिच हुने बिभेद अन्त्य हुनुपर्ने सहभागीहरुको धारणा थियो । प्रेमलाई बिबाहमा परिणत गर्न खोज्दा नवराज बिक सहित अन्यको पनि मृत्यु भएकोमा उनीहरुको आक्रोश थियो । कानुन नै बनाएर नेपालमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको तथा देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको भए पनि व्यवहारमा भने जातीय विभेद कायमै रहेको दलित अधिकारकर्मी टिकाकुमारी विश्वकर्माले बताएकी थिईन् ।

सहभागी लक्ष्मण श्रीका अनुसार उक्त घटनालाई जसरी घटाइयो त्यस्को बिरुद्धमा यहाँ जम्मा भएर शान्तिपुर्ण बिरोध गरेको हो । पश्चिम रुकुममा घटाइएको घटनालाई लिएर सम्पुर्ण दलित समुदायलाई अत्यन्तै पीडा भएकोले हामीले यस किसिमको खबरदारी कार्यक्रम गरेको श्रीको भनाइ थियो ।

अर्का सहभागी धन बहादुर परियारको अनुसार हामीले बाध्यात्मक परिस्थितिमा रहेर लकडाउनको बाबजुत पनि सामाजिक दुरी कायम गरेर उक्त घटनाको घोर निन्दा गर्दै सम्पुर्ण दलित समुदायको आवाजको रुपमा यसरी कार्यक्रम गरिएको हो । अबका दिनमा जातिय हिसाबले कसैले अन्यायमा नपरोस भन्ने हाम्रो माग हो, अहिले जातिगत ढंगले एक अर्कोलाई आरोप लगाएर दोषारोपण गर्नु भन्दा पनि सबै जना मिलेर नै अन्यायको बिरुद्द एकजुट हुनुपर्ने समय भएको परियारले बताए ।

कार्यक्रममा दलित युवा सञ्जालको अध्यक्ष राजकुमार बोसेल, दलित सञ्जालका सचिव सुनिता विश्वकर्मा, सागर परियार, सिताराम रसाईली, रामबहादुर विश्वकर्मा, भक्त रसाईली लगायतले बोलेका थिए ।।

संयुक्त दलित संघर्ष समिति संयोजक टीका कुमारी बिककाे संयोजकत्व रहेको सो कार्यक्रमको सन्चालन तारा बिकले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !