छविलाल पाण्डे, निसीखोला २०७७ असार १० । निसीखोला गाउँपालिकाको छैठौँ गाउँसभा तथा बजेट प्रस्तुत कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७/७८ का लागि कृषि वन जडिबुटी खोलानाला पानी उद्योग र पर्यटनको खानी निसीखोला गाउँपालिकाको समृद्धि भन्ने मुख्य उदेश्य सहित सर्वसहमत रुपमा बार्षिक निति तथा कार्यक्रम तथा बजेट पारित गरीएको हो ।
गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा पालिकालाई समृद्ध बनाउनका निम्ती विभिन्नि निती तथा कार्यक्रम प्रस्तुत गरीएको छ । जसअन्र्तगत आर्थिक समृद्धिका निम्ती एक वडा एक उत्पादन कार्यात्रलम तथा एक वडा एक कृर्षि स्रोत व्याक्ति केन्द्र सञ्चालन गर्ने देखि कोभिड १९ सँग जुद्नका निम्ती आगामि दिनमा पालिकाले खेल्ने भुमिका लगाएत विविभ विषयमा कार्यक्रम अगाडी बढाइएको छ । बेरोजगार युवालाई रोजगारी सँगै विकास निर्माणमा जनसहभागिता उच्च, आर्थिक विकास समुच्च भन्ने उदेश्य सहित पालिकाले कार्यक्रम अगाडी सारेको छ ।
पालिकाले कृषि, पुशपालन, क्षेत्रमा व्यवसाहिक रुपमा लाग्नेका निम्ती अनुदानका कार्यक्रमलाई अगाडी सार्नुका साथै महिला, आदिवासी, जनजाती, दलीत, अपाँगता भएका व्याक्तिलाई सिपमुलक तालिम दिई स्वरोजमुलक बनाउँदै जेष्ठ नागरीक सम्मान कार्यक्रमलाई समेत जोड् दिइएको छ ।
गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्कीव्दारा प्रस्तुत निती तथा कार्यक्रममा पालिकामा व्यापार व्यवसाय गर्ने वातावरण सृजना गर्न करको दायरालाई यथावत राख्दै वडालाई कर सँकलन गर्न जिम्मा दिई वडा मार्फत उठेको करबाट वडालाईनै २० प्रतिशत रकम तत्काल वडाको विकासमा खर्च पाउने व्यवस्था गरिएको छ । वडा वडामा सहकारी, घर घरमा स्वरोजगारी भन्ने मुल नाराका साथ स्थानिय क्षेत्रमा गठन भएका सहकारी सँस्थाहरुमो क्षमता विकास गरी विकासमा सहकारी सँग साझेदारी गर्दे कृर्षि तथा गैर कृर्षि सहकारी सँस्थाहरुको प्रर्वधन गरि उत्पादनमा जोड दिइने कार्यक्रममा उल्लेख छ ।
प्रर्यटकि क्षेत्रहरुको प्रचार प्रसार सँगै प्रर्यटकिय केन्द्र स्थापनामा जोड दिने, प्राङ्गारिखखेतीलाई जोड दिने, कोरोना रोकथाम र व्यवस्थापनका निम्ती कार्यक्रम अगाडी सार्ने कृर्षि विउमा पचास प्रतिशत अनुदान दिने, लगाएतका निती कार्यक्रममा जोड दिईएको छ ।
त्यसैगरी पालिकाले ३८ करोड तेह्र हजार रुपैयाँको बजेट लिएको छ । जसमा ससर्त तर्फ १६ करोड ३० लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान रु २४ लाख, विशेष अनुदान ७० लाख, चालु तर्फ ५ करोड २० लाख, पुँजीगत तर्फ १२ करोड ८१ लख १३ हजार, विनीयोजन भएको छ । त्यसैगरी विपद तथा प्रकोप व्यवस्थापन तर्फ १ करोड २५ लाख, र गाउँपालिकाबाट समपुरक तर्फ रु १ करोड ५० लाख बिनीयोजन भएको गाउँपालिका उपाध्यक्षव्दारा प्रस्तुत बजेट वक्त्तब्यमा जनाइएको छ ।
त्यसैगरी ७ वडामा विनियोजित बजेट अन्र्तगत वडा नं.१ म ५९ लाख ९३ हजार, वडा नंं.२ मा ५५ लाख २० हजार, वडा नं.३ मा ५१ लख ४३ हजार, वडा नं.४ मा ४८ लाख ३ हजार वडा नं.५ मा ७६ लाख १४ हजार वडा नं.६ मा ७६ लाख १४ हजार र वडा नं.७ मा ५६ लाख १३ हजार विनियोजन भएको छ ।
त्यसैगरी गाउँपालिका तर्फ पुँजीगत योजनामा ६ करोड १३ लाख, वडा तथा पालिका तर्फ चालुतर्फ ५ करोड २० लाख विनियोजन भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै पालिकालाई समृद्ध र जनताको मन जित्ने गरी जनप्रतिनिधी, कर्मचारी एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताउँदै विकास र समृद्ध गाउँपालिका बनाउने अभियानमा जुटीने बताए ।
कार्यक्रममा ७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार लगाएतको उपश्थिती रहेकोमा प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्यको स्वागत, वडा नं.१ का अध्यक्ष इन्द्र मल्ल, २ का अध्यक्ष कुविर विक, वडा नं.३ का अध्यक्ष जुनविक्रम शाहीको शुभकामना मन्तव्य रहेको थियो ।
खुल्ला सत्रको कार्यक्रममा वडा सदस्यहरुले आफना गुनासो, सुझाब सल्लाह प्रस्तुत गरेका हुन् । पालिकालाई अगाडी बढाउने विषयमा उठेका सुझाब, सल्लाह र प्रश्नको अध्यक्ष तारानाथ पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रम पुरुषोत्तम गौतमको सञ्चालमा सम्पन्न भएका थियो ।