Sorry, that menu does not exist.
 

गल्कोटमा २ र म्याग्दीमा ६ जना संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुग्यो !

बागलुङ २०७७ असार ११ । गल्कोट नगरपालिकामा आज २ जना कोरोना संक्रमित थपिएका छन् । उनिहरु १९ र २० वर्ष उमेर समुहका युवकहरु हुन् । यसैगरी म्याग्दी जिल्लामा मंगला गाउपालिकामा २० देखी ३५ वर्ष उमेर समुहका ४ जना पुरुष र बेनी नगरपालिकामा एक जना २६ वर्षिया युवती र एक जना १७ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निेर्देशनालय गण्डकी पोखराबाट अहिले विहान प्रकाशित विज्ञप्ती अनुसार नवलपरासी बर्दघाट सुस्ता पुरुष एक र महिला एक गरी २ जना र स्याँजामा १ जना पुरुष गरी गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । बुधबार राति ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु मा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।


 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !