Sorry, that menu does not exist.
 

आईसोलेशनमा रहेकी ढोरपाटनकी महिलालाई पुत्रलाभ !

सोम शर्मा बागलुङ २०७७ असार ११ । धौलागिरी अस्पतालको आईसोलेशन कक्षमा उपचाररत महिलालाई आज विहान पुत्रलाभ भएको छ ।

ढोरपाटन नगरपालिका ९ की उनलाई कोरोना संक्रमण पुष्टि भएपछी असार ६ गते बुर्तिवाङबाट अस्पतालमा ल्याएर आईसोलेशनमा भर्ना गरिएको थियो ।
सुत्केरी महिलाको गत असार ८ गते पीसीआर परीक्षणका लागी स्वाब नमुना पोखरा पठाईएपनि त्यस्को रिपोर्ट आईनसकेको अस्पताल श्रोतले बतायो ।

सुत्केरी आमाको र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालका सुचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments