सबिता खत्री (जिज्ञासु)
हजारौं फुलको बिचमा फुल्न सिकाइ देउन।
बादललाई पनि छर्लङ्ग खुल्न सिकाइ देउन ।
जसरी उनले मलाई सजिलै भुल्न सक्छन्
त्यसरी नै मलाई पनि भुल्न सिकाइ देउन।
**
बुझ्नै नसकिने यो कस्तो खेलको जिन्दगी ।
बर्षायाममा झरे जस्तै आशु भेलको जिन्दगी ।
हास्न खोज्दा रुनुपर्छ बाच्न खोज्दा मर्नुपछ
खै कसरी भनु हासो रोदन मेलको जिन्दगी ।
**
दुनियाँले अजम्बरी माया लाए हुन्छ भन्छन् ।
संगै जिउने बाचा कसम खाए हुन्छ भन्छन ।
एउटा कुरामा हार खादैमा किन निरास हुन्छौ ?
जहाँ समस्या त्यहा अबश्य उपाय हुन्छ भन्छ्न ।
***
ताराखोला
बागलुङ २०७७ असार ११ ।