बागलुङ २०७७ असार १२ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले सार्वजनिक गरेको विज्ञप्ती अनुसार बागलुङ जिल्लाको बरेङ गाउपालिकामा एक जनालाई कोभिड १९ संक्रमण देखिएको छ । संक्रमित युवाको उमेर २३ रहेको छ ।
यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्व २१ तथा स्याँजा जिल्लामा १ र तनहुँ जिल्लामा २ जना गरी आज गण्डकी प्रदेशमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका संक्रमित सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।
One Comment