Sorry, that menu does not exist.
 

रिपोर्ट नेगेटिव आएपछी अधिकारीचौरका देवेन्द्र बिकलाई आज बिदाई गरिदै !

रामप्रसाद घिमिरे, बुर्तिवाङ २०७७ असार १२ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशन कक्षमा रहेका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका वर्ष २३ का देवेन्द्र बिकको पीसीआर रिपोर्ट हिंजो सांझ नेगेटिव आएपछी आज उनलाई बिदाई गरिन लागेको डा मिलन मल्ल ठकुरीले जानकारी दिए । बिक केन्द्रको आईसोलेशन कषमा आउने र बिदाई भएर जाने पहिलो व्यक्ति बनेका छन् ।

गत असार ७ गते पीसीआर परीक्षणका लागी स्वाब संकलन गरी पोखरा पठाईएका उनिसंगै आईसोलेशन कक्षमा रहेका निसीखोला जुग्जाखोलाका अन्य ३ जनाको पीसीआर रिपोर्ट भने पोजिटिव आएको डा ठकुरीको भनाई छ ।

बुर्तिवाङ स्वास्थ्य केन्द्रको आईसोलेशन कक्षमा १९ जना र निसीभूजी जनता क्याम्पसको आईसोलेशन कक्षमा १० जना संक्रमितहरु रहेको अस्पताल श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments