सोम शर्मा, बागलुङ २०७७ असार १२ । बागलुङ बजारबाट रातामाटा जाने हरेक ब्यक्तिको नजरमा पर्ने ठुलो कम्पाउण्ड भित्रको तीन तले ठाउँ भवन जहाँ झारपात उम्रिएका छन र त्यहाँ छिर्ने मुख्य गेट चाही बिग्रिएर जीर्ण छ । त्यो हो बागलुङ नगरपालिकाको साबिक कार्यालय । २०७५ पुस १५ गते नगरपालिका कार्यालय बजारमा सरेपछी उक्त कार्यालय अहिले जीर्ण बेबारिसे अवस्थामा रहेकोे छ ।
बजारदेखी टाढा भएको कारणले धेरैको बिरोध आइसकेपछी बानपा २ स्थित साबिक कृषि कार्यालयको भवनमा उक्त कार्यालय सारिएको छ । निकै तामझामका साथमा सुरु गरिएको उक्त भवनलाई नगरपालिकाले अहिले कृषि क्याम्पसको रुपमा परिणत गर्ने बताएतापनी त्यस्को प्रकृयामा समस्या आउँदा के गर्ने भन्ने अझै टुंगो लागिनसकेको नगरपालिकाका प्रमुख जनक पौडेल बताउछन् ।
उक्त भवनलाई कृषि क्याम्पसमा परिणत गर्ने गरी प्रस्ताव गरेका छौं, अहिले अस्थायी रुपमा कृषि क्याम्पस बनाउने हाम्रो योजना रहेको र अहिले उपकुलपती पोखरा बिश्वबिद्यालयसंग हामीले कुरा गरिरहेका छौं, अहिलेको शैक्षिक शत्रदेखी पठनपाठन सुरुवात गर्ने गरी तयारी गरिएपनी उपकुलपतिको नियुक्ती नभएको कारणले अहिले यस्को प्रकृया अघी बढाउन नसकिएको र यही बजेटमा यस्को लागी भनेर ५० लाख समेत बिनियोजन गरेको नगर प्रमुख पौडेलले ईबागलुङलाई बताए ।
यद्यपी उक्त कार्यालयको अहिलेको संरक्षणको लागी भने खासै पहलकदमी भएको देखिंदैन, बागलुंङ नगरपालिकाका सुचना अधिकृत युक्त सुबेदीका अनुसार उक्त भवनको हेरचाह गर्न रातिमा एकजनालाई कुरुवा राखेको जानकारी दिएतापनी त्यहाँको अवस्था हेर्दा नाममात्रको कुरुवा भएको देखिन्छ । गेट भत्किएको अवस्थामा छ भने भित्र सबै झार नै झार उम्रिएर भवनको स्वरुपनै फेरिएको देखिन्छ । करिब ९ बर्ष अगाडी बनेको उक्त भवन करिब डेढ बर्ष देखी खाली अवस्थामा रहेको छ । यो समस्या नगरपालिकाको मात्र हैन अन्य कार्यालयको भवन पनि यसैगरी प्रयोग बिहीन भएर बसेका छन ।
बिभिन्न कार्यालयहरु समायोजन भएपछी खाली भएको अन्य कार्यालयलाई ब्यबस्थापन गर्ने कस्ले त ? भन्ने हाम्रो प्रश्नमा नगर प्रमुख पौडेलले भने यस्ता कार्यालय भवनहरु स्थानिय तहलाई नै हस्तान्तरण गर्ने भन्ने स्थानिय सरकार सन्चालन ऐनमा उल्लेख गरिएको छ, तर केन्द्र सरकारले स्थानीय तहलाई हस्तान्तरण नगरेको हुनाले आबश्यक जिम्मेवारी लिन सकेका छैनौं ।
यसरी हेर्दा बिभिन्न कार्यालयका भवनलाई प्रयोगबिहीन भैकन जीर्ण हुने अवस्थामा रहेका छन । यता केहि कार्यालयहरु भने घर भाडामा लिएर सन्चालन गरेको देखिन्छ र्। प्रयोगबिहीन अवस्थामा रहेका सरकारी कार्यालय भवनहरुमा अन्य भाडामा बसेका सरकारी कार्यालयहरुलाई व्यवस्थापन गरिएमा राज्यको ब्ययभार घट्ने निश्चित छ ।